नागरिक पोष्ट News


कोरोना संक्रमित आए स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति छ, पीपीई छैन

826

त्रिवि शिक्षण अस्पतालको आईसीयू विभाग प्रमुख डा. सुवास आचार्य भन्छन्, ‘सत्य बोल्दा नराम्रो सुनिएला, तर यही अवस्था रहिरह्यो भने भयावह अवस्था आउँछ । कोही कोरोना संक्रमित आए स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति हुन्छ अहिले छ ।’

कोरोना संक्रमण फैलियो भने कसरी काम गर्ने ’ -डा. सुवास आचार्य 

सरकारको पूर्वतयारी प्रर्याप्त छैन । अहिले विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले कोरोनालाई विश्वव्यापी महामारी भनेर घोषणा गरेको छ । संक्रमणको दर र अन्य देशमा फैलिने क्रम बढ्दो छ । इटाली र अमेरिका जस्ता देशहरुले यसलाई नियन्त्रण गर्न सकेका छैनन् । जनशक्ति र उपकरणहरु धान्ने अवस्थामा छैनन् । ती देशहरुमा तयारी नपुगेको प्रष्ट देखिन्छ ।

यो सब देख्दादेख्दै हाम्रो देशमा कोरोना संक्रमण भएको छैन भनेर चुप लागेर बस्ने अवस्था छैन । जति नै तयारी गरेपनि यस्तो महामारीको बेला पर्याप्त हुन्न । त्यसैले हामी सबैभन्दा बढी डराउनुपर्ने अवस्थामा छौं ।  कोरोनाको आशंका भएको बिरामी पुग्यो भने त्यहाँ कार्यरत चिकित्सकले के लगाएर जाँच्ने रु ‘पर्सोनल प्रोटेक्टिभ इक्युपमेन्ट’ पीपीई छैन । यहाँ मात्र होइन, अन्य अस्पतालमा पनि छैन । स्वास्थ्य मन्त्रालयले पीपीई छ भन्छ भने अस्पतालहरुलाई दिनुपर्‍यो नि । 

Must View