नागरिक पोष्ट News


भारतमा जनता कर्फ्यू : अत्यावश्यक सेवाबाहेक सबै बन्द, कर्फ्यूमा के गर्न प्रतिवन्ध छ ?

2.4K

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् ।

प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही गर्न छैन ।

कर्फ्यूका कारण ३६ घण्टासम्म कोही पनि बाहिर ननिस्कँदा कोरोना भाइरसको महामारी कम हुने उद्देश्यसहित यस्तो प्रस्ताव गरिएको मोदीले सम्बोधनको क्रममा बताएका थिए ।

जनता कर्फ्यूको दिनमा सबैभन्दा मुख्य कुरा अत्यावश्यक बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन भनिएको छ । यद्यपि अत्यावश्यक सेवा लिनको लागि भने बाहिर जान कुनै रोकतोक छैन ।

एक अर्कालाई भेट्ने, पार्कमा भेला हुने जस्ता काममा प्रतिबन्ध लगाइएको छ । चियापसलमा हरेक बिहान लाग्ने भीड रोक्न चिया पसल बन्द गरिएको छ । 

Must View