नागरिक पोष्ट News


कोरोनाको अर्को इपिसेन्टर भारत बन्न सक्छ,अनुसन्धानकर्ताको चेतावनी,भारतमा ८३ जना नयाँ संक्रमित

1.8K

भारतका एक जना विशेषज्ञले कोरोना भाइरस संक्रमणबाट धेरै क्षति व्यहोर्ने अर्को देश भारत बन्ने चेतावनी दिएका छन् । भारतमा ३३२ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । गत २४ घण्टामा भारतमा ८३ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतको अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेका सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले भारतमा कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुने बताएका छन् । विश्वका अन्य देशको तुलनामा भारतमा कोरोना संक्रमणको दर कम हुने कुनै संकेत नदेखिएको उनको भनाइ छ ।

बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्पेन र चीनमा जस्तो अवस्था छ, जति धेरै त्यहाँ संक्रमित छन्, त्यस्तै हालत भारतमा पनि हुन्छ । केही हप्तामै हामी कोरोनाको सुनामीका लागि तयार रहनुपर्छ ।’

यो समाचार अनलाइन खबरमा प्रकाशित छ ।

Must View