कोरोनाबाट बेलायतमा नेपालीको मृत्यु, अमेरिकामा यसरी एकै परिवारका चार जनाको मृत्यु, सचेत रहौ
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
धुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए । मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।
अमेरिकामा कोरोना भाइरस कोभिड-१९ को कारण एकै परिवारका चार जनाको ज्यान गएको छ ।
अमेरिकाको न्यूजर्सी राज्यमा ग्रेस फुस्को नाम गरेकी ७३ वषर्ीया महिला र छ वयस्क छोराछोरी एक पारिवारिक भेलामा सहभागी भएर फर्किएपछि कोभिड-१९ बाट संक्रमित भएका थिए । परिवारका चार जनाको मृत्यु भएको छ भने तीनजना अस्पतालमा भर्ना भएका छन् । न्यूजर्सीमा ज्यान गुमाउनेमा ग्रेस फुस्कोसहित उनकादुई छोरा र एक छोरी छन् । दुई छोराहरु कार्मेन फुस्को र भिन्सेन्ट फुस्को तथा एक छोरी रिताफुस्को-ज्याक्सनको ज्यान कोभिड-१९ को कारण गएको हो ।