नागरिक पोष्ट News


युवा पनि कोरोना भाइरसको उच्च जोखिममा, डब्लूएचओको चेतावनी, सचेत रहौं, सावधानी अपनाऔं

2.3K

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ ।

धेरैजसो देशहरुमा कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुन्छन् र युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ भन्ने अफवाह फैलिइरहेको बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

उनले युवाहरुलाई चेतावनी दिँदै भने, ‘तपाईंहरु अजय हुनुहुन्न । कोरोना भाइरसले तपाईंलाई एक हप्तामै अस्पताल पु¥याउनसक्छ या मार्न पनि सक्छ । यदि तपाईं बिरामी हुनु भएन भने पनि कसैको मृत्युको कारण बन्न सक्नु हुन्छ ।’

डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ हजार व्यक्तिको मृत्यु र साढे दुई लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

Must View