कोरोेनाको त्रास: २० लाखले अष्ट्रेलिया छोडे, बेरोगारीको अर्को चरम संकट यसरी निम्तदै
अस्थायी भिषा बस्दै आइरहेका र अष्ट्रेलियामा काम गर्दै आइरहेका २० लाख जनाले अष्ट्रेलियामा छोडेका छन् । कोरोेना भाइरसको त्रास फैलिएसँगै उनीहरुले देश छोडेको हुन् ।
त्यस्तै कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि अष्ट्रेलियामा बेरोजगारी समस्या पनि उत्तिकै बढेको छ । प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार रातिदेखि लागु हुने गरी कडा ट्राभल प्रतिबन्ध लगाएसँगै २० लाख मानिसले अष्ट्रेलिया छोडेका हुन् । शुक्रबार बेलुका सम्म यो संख्या झन् बढ्ने अनुमान गरिएको छ ।
सरकारले गरेको निर्णयपछि अष्ट्रेलियामा रहेका ठुलो जनसंख्यालाई यसले प्रभावित पार्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार बेरोजगारी प्रमुख समस्या बनेको छ । परिवारसहित रहेका व्यक्तिहरुलाई झन् कठिन हुने अवस्था देखिएको अधिकारीहरुले बताएका छन् । आर्थिक मन्दी विस्तारै देखिन थालेपछि यसले चरम संकट उत्पन्न गराउने बताइएको छ । भाडामा बस्दै आइरहेका परिवारलाई सबैभन्दा ठुलो समस्या हुने उनीहरुको ठम्याई रहेको छ ।
लेभर प्रवक्ताले भनेका छन्,‘यदी कोरोना भाइरस यही अवस्थामा फैलिने र काम गर्न नपाउने वातावरण रहेमा यसले अर्को संकट निम्त्याउने छ । कोरोना भाइरस संक्रमति भए पनि उनीहरु काम गर्न बाध्य हुने र यसले झन् कोरोना भाइरस तीव्र रुपमा फैलिने सम्भावना उत्तिकै बनाएको छ ।
द गार्जियनबाट