नागरिक पोष्ट News


सलुट ! ७ वर्षसम्म निर्भयालाई न्याय दिलाउन पारिश्रमिक नलिई लड्ने यी वकिललाई

2.1K

 भारतको राजधानी नयाँ दिल्लीमा सात वर्षअघि भएको सामूहिक बलत्कार काण्डका चारैजना दोषीलाई २० मार्च शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ ।   निर्भयालाई न्याय दिलाउने यो काममा ७ वर्षसम्म निशुल्क मुद्दा लड्ने वकिलको अहिले व्यापक प्रशंसा गरिएको छ । जसले निर्भयालाई न्याय दिलाउन कुनै पारिश्रमिक लिइनन् । सामाजिक सञ्जालहरुमा उनको खुलेर तारिफ गरिएको छ ।  ट्वीटरमा ‘ह्यासट्याग सीमा कुशवाहा’ ट्रेन्डिङमा आएको छ । तल्लो अदालत देखि उच्च अदादतसम्म सीमाले निर्भयालाई न्याय दिलाउन निरन्तर लडिरहिन् । निर्भयाकी आमाले पनि हाम्रो वकिल सीमा कुशवाहा बिना यो सम्भव थिएन भन्दै प्रतिक्रिया दिएकी छिन् भइन् । 

सन् २०१२ मा सार्वजनिक सवारीमा सवार २३ वर्षीया युवती निर्भया माथि सामूहिक बलात्कार गरेर हत्या गरेका चारजना  पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा जल्लादले झुण्ड्याए र फाँसी दिइएको हो । 

Must View