नागरिक पोष्ट News


१० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारी चलाउन रोक, मोटरसाइकल पनि चलाउन पाइन्न

2.5K

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् ।

यो घोषणासँगै    लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालका यात्रुबहाक सवारी चलाउन पाइने छैन ।

१० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारी चलाउन रोक

देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्रतिबन्ध घोषणा गरेका हुन् । उनले चैत १० गतेदेखि केही अवधिका लागि लामो दुरीमा चल्ने सबै प्रकारका यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएका छन् । यस्तै, ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए ।

Must View