नागरिक पोष्ट News


विश्वभरकोरोना भाइरस आतंक ‘ग्रिनजोन’मा नेपाल, सचेत रहौं, सावधानी अपनाऔं

2.3K

कोरोना भाइरस विश्वका एक सय ५२ मुलुकमा देखिइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ । विश्वमा रहेका ६१ प्रशासनिक क्षेत्रमध्ये कोरोना भाइरसको संक्रमण देखिएका २६ प्रशासनिक क्षेत्र पनि ‘रेडजोन’मा परेका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ४२ मुलुक मुक्त छन् । यसैगरी ३७ वटा प्रशासनिक क्षेत्र कोरोनामुक्त भएकाले ‘ह्वाइटजोन’मा छन् । 

दक्षिण–पूर्वी एसियामा नेपाल र भुटानमा यतिवेला एकजनामा पनि कोरोना भाइरस छैन । विश्व स्वास्थ्य संगठनले नेपाल र भुटानमा आयातीत संक्रमित मात्रै भेटिएको, स्थानीय संक्रमित नरहेको जनाएको छ । त्यसमध्ये भुटानमा भेटिएका एक कोरोना संक्रमित अमेरिकी पनि कोरोनामुक्त भइसकेपछि स्वदेश फर्किएका छन् । 

नेपाल र भुटानबाहेक एसियाका आठ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । ५१ देश रहेको एसिया महादेशका ४२ देशमा भने कोरोना भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसको संक्रमण नदेखिएका एसियाली मुलुकमा तुर्कमेनिस्तान, यमन, सिरिया, उत्तर कोरिया, लाओस, म्यानमार, टिमोर लेस्ट र ताजिकिस्तान छन् । यद्यपि उत्तर कोरिया र यमनको तथ्यांक बाहिर नआएको हुन सक्ने अनुमान गरिएको छ । 

५८ देश रहेको अफ्रिकी क्षेत्रका २२ वटा मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । अन्य ३६ मुलुकमा भने संक्रमण भेटिएको छ । संक्रमण नभेटिएका मुलुकहरूमा बेत्सवाना, बुरुण्डी, काबो भर्डे, मध्यअफ्रिकी गणराज्य, चाड, कोमोरोज, कोटे डिभोलियर, इरिट्रिया, गुयना–बिसाउ, लेसोथो, लिबिया, माडागास्कर छन् । यसैगरी मलावी, माली, मोजाम्बिक, साओ टोमे एन्ड प्रिन्सिपे, सियरालियोन, नाइजर, युगाण्डा, जिम्बाबेमा पनि अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन । 

यसैगरी युरोपका ४८ मध्ये सबै मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । चार दिनअघिसम्म मोन्टेनेग्रो कोरोना भाइरसबाट मुक्त मुलुक थियो । तर, मोन्टेनेग्रो अब अन्तिम संक्रमित मुलुक बनेको छ । 

पूर्वी र पश्चिमी गोलार्धहरूको भाग एवं अस्ट्रेलिया महादेश समेट्ने ओसेनिया क्षेत्रका केही मुलुक कोरोना भाइरसमुक्त छन् । धेरैजसो टापुबाट बनेका यी मुलुकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छैन । 

अस्ट्रेलिया, न्युजिल्याण्डलगायत २३ मुलुक रहेको ओसिनियाका ११ देश बिहीबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त छन् । 

बुझ्नैपर्ने कुरा

सजिलोसँग बुझ्ने गरी भन्नुपर्दा, शरीरको रोग प्रतिरोधी क्षमता राम्रो भएका मानिसलाई कोरोनाभाइरसले समातिहाल्न सक्दैन र समातिहाले पनि थला पारिहाल्दैन । यसबाट बच्ने, जोगिने र भेटिहालेमा पनि कालको गाँस बन्न नदिनको लागि प्रमुख सर्त हो– सतर्कता ।

अहिलेको अवस्थामा यस्ता कुनै पनि भाइरसबाट बच्नको निमित विविध उपाय अपनत्व गर्दे आएका छौ र विभिन्न खाले माक्सको प्रयोग गर्दै आइरहेका छौ । तर कोरोना भाइरस जब मानिसको शरीरभित्र प्रवेश गर्छ अनि त्यो बेला मास्क पनि व्यर्थ हुन्छ । र यसले कुनै असर पु¥याउदैन् । त्यसैले सबै भन्दा उत्तम मउपाय भनेको नागरि स्वंयव सतर्क हुनु हो ।

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । त्यसैले रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने हात नमिलाउने र सजग हुनु पर्दछ । चिकित्सकका अनुसार भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय भनेको हात धुनु नै हो । हात धुने भन्दैमा हामी जस्तो पायो त्यस्तै तरिकाले धुदा हातमा भएका भाइरस नजान सक्छ त्यसैले पनि हात धुदा विधि पु¥याएर धुनु पर्ने चिकित्सकको सुझाव छ ।

हात सफा पानीले भिजाउने अनि हातमा राम्रोसँग साबुन लगाउने । साबुन र पानी छुट्टै होइन, सँगसँगै भयो भने किटाणु हटाउनका लागि सबैभन्दा प्रभावकारी हुन्छ । साबुनलाई दुई हातको बीचमा राखेर खुब रगड्नुहोस्। दुई हातका औंलाहरु आपसमा बल्झाएर केहीबेरसम्म मिच्नुहोस् ।

नङको भित्र, हातको पञ्जा, अगाडि, पछाडि साबुन लगाएर मिच्नु पर्दछ । यसरी छालाको घर्षणका कारण किटाणुहरु नष्ट हुन्छन् र फोहोर पनि निस्किन्छ । यदि किटाणु भएपनि त्यही घर्षणमा मिचिन्छ । कम्तीमा २० सेकेन्डजति हातहरु एक आपसमा औंलाहरु बीचमा बल्झाएर रगड्नु पर्दछ । यसो गर्नाले त्यसबाट शुक्ष्म किटाणुहरु पनि नष्ट हुनसक्छन् । त्यसपछि सफा पानी फेरि हातमा खन्याउने वा धारामा हात पखाल्दा पनि हात बेस्सरी मिच्नुपर्दछ ।

यसरी मिचिमिचि हात धुदा शरीरबाट शुक्ष्म किटाणुहरु लगभग नष्ट गर्न सकिन्छ । हात धोइसके पछि एउटा सफा टवेल वा रुमालले हातलाई विस्तारै पुछने वा तातो हावामा एकछिन राख्ने गर्नु पर्दछ । चिसो हातमा भारइसहरु सजिलै पस्न पनि सक्ने हुदा, तिनलाई केही बेर सुकाउन आवश्यक रहेको चिकित्सकको सुझाव छ ।

Must View