नागरिक पोष्ट News


सामान्य रुघाखोकी र कोरोनाभाइरसबीच फरक ! जान्नैपर्ने कुरा

3K

विश्वभर कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन् ।

कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, मांसपेशीमा पीडा र थकान पर्छन् । संक्रमित केही व्यक्तिहरूलाई टाउको दुख्ने र खोक्दा रगत निस्कने पनि हुन्छ अनि कसैलाई त डायरिया पनि हुन्छ । कोभिड–१९ हुर्किने समय एकदेखि १४ दिन हुन्छ र कहिलेकाहीँ २४ दिनसम्म पनि पुग्छ । यो निको हुने प्रक्रिया चाहिँ एकदमै लामो छ । सामान्य कोरोना रहेछ भने दुई हप्तामा निको हुन्छ तर कडा कोरोना लागेछ भने निको हुन ६ हप्तासम्म लाग्न सक्छ ।

यसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैनन् । लक्षणलाई मात्र उपचार गर्ने हो । मौसमी रुघाखोकीको कुरा गर्दा त्यसले कोरोनाभाइरसको झैं लक्षण देखाउँछ स् ज्वरो, सुक्खा खोकी, मांसपेशीको दुखाइ र थकान । अन्य लक्षण घाँटी खसखसाउने, नाक बग्ने र नाक थुनिने हुन् । यो हुर्किने समय एकदेखि चार दिन हो र निको हुन एक हप्ता लाग्छ । अलि कडा भएछ भने पूरै निको हुन दुई हप्ता लाग्न सक्छ ।

मौसमी रुघाखोकीको खोप र उपचार दुवै उपलब्ध छन् । सामान्य रुघाखोकी चाहिँ बिस्तारै प्रकट हुन्छ र एक हप्तासम्म बस्छ । लक्षणहरू नाक बग्नेरथुनिने, हाच्छ्युँ आउने र घाँटी खसखसाउने हुन् । हल्का ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान हुने पनि अन्य लक्षण हुन् ।

यसको हुर्किने समय दुईदेखि तीन दिन हो तर साह्रो परेमा १० दिनसम्म पनि जान सक्छ । यसको कुनै विशेष उपचार छैन यद्यपि लक्षण देखिएमा केही औषधिहरू उपलब्ध छन् । बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने नाक बन्द भएमा वा बगेमा र हाच्छ्यँ गरेमा कुनै व्यक्तिलाई कोरोनाभाइरस लागेको भन्न मिल्दैन ।

आउनुहोस् सत्यतथ्य जान्ने कोसिस गरौँ ।

भ्रम १ स् कोरोनोभाइरसले भेटेपछि मरिन्छ

कोरोनाभाइरसको सङ्क्रमणलाई अत्यन्तै भयावह रूपमा प्रसार गर्ने काम भएको छ । कतिसम्म भने कोरोनाभाइरसले भेट्टाउनु भनेको कालको मुखमा पस्नु हो । अर्थात् यसले भेटेपछि मरिहालिन्छ । तर यथार्थमा त्यस्तो होइन ।

कोरोनाभाइरस पनि मौसमी भाइरसहरु जस्तै नै हो, जसले रुघाखोकी र हल्का पीडा गराउँछ । यसको सङ्क्रमणले भेट्टाएपछि २ प्रतिशत जति मानिसलाई मात्रै गम्भीर बिरामी बनाउँछ र त्यो निमोनियाका रूपमा विकसित हुन सक्छ । तर यसको अर्थ त्यो स्थिति जोसुकैमा हुने होइन । खालि शरीरको रोगसँग लड्ने क्षमता कमजोर भएका, पहिलेदेखि नै अरू रोगहरुले कमजोर बनाइसकेका अनि उमेर बढी भएका मानिसलाई मात्रै हुने सम्भावना बढी रहन्छ ।

भ्रम २ः कोरोनाभाइरस अहिलेसम्मकै सबैभन्दा खतरनाक भाइरस हो

कतिपय मानिसहरुले कोभिड–१९ अर्थात् नोबेल कोरोनाभाइरसलाई अहिलेसम्मकै सबैभन्दा खतरनाक र घातक भाइरसको रूपमा मान्ने गर्छन् । तर यो कुरा पनि सत्य होइन ।

कोरोनाभाइरसलाई जति खतरनाक मानिन्छ त्यति खतरनाक चाहिँ होइन । तपाईंको शरीरको रोगसँग लड्ने क्षमता अर्थात् इम्युन सिस्टम बलियो छ भने यो भाइरसले सङ्क्रमण भए पनि निको होइन्छ । अझ तपाईंले निमोनियाका विरुद्ध भ्याक्सिन लिनुभएको छ भने त यो भाइरसको सङ्क्रमणले धेरै पिर्न सक्दैन । त्यस्तो अवस्थामा कोरोनाभाइरसले सङ्क्रमण गरिहालेको खण्डमा पनि तपाईंलाई मौसमी रुघाखोकी र सामान्य ज्वरो मात्रै आउन सक्छ ।

बुझ्नैपर्ने कुरा

सजिलोसँग बुझ्ने गरी भन्नुपर्दा, शरीरको रोग प्रतिरोधी क्षमता राम्रो भएका मानिसलाई कोरोनाभाइरसले समातिहाल्न सक्दैन र समातिहाले पनि थला पारिहाल्दैन । यसबाट बच्ने, जोगिने र भेटिहालेमा पनि कालको गाँस बन्न नदिनको लागि प्रमुख सर्त हो– सतर्कता ।

अहिलेको अवस्थामा यस्ता कुनै पनि भाइरसबाट बच्नको निमित विविध उपाय अपनत्व गर्दे आएका छौ र विभिन्न खाले माक्सको प्रयोग गर्दै आइरहेका छौ । तर कोरोना भाइरस जब मानिसको शरीरभित्र प्रवेश गर्छ अनि त्यो बेला मास्क पनि व्यर्थ हुन्छ । र यसले कुनै असर पु¥याउदैन् । त्यसैले सबै भन्दा उत्तम मउपाय भनेको नागरि स्वंयव सतर्क हुनु हो ।

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । त्यसैले रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने हात नमिलाउने र सजग हुनु पर्दछ । चिकित्सकका अनुसार भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय भनेको हात धुनु नै हो । हात धुने भन्दैमा हामी जस्तो पायो त्यस्तै तरिकाले धुदा हातमा भएका भाइरस नजान सक्छ त्यसैले पनि हात धुदा विधि पु¥याएर धुनु पर्ने चिकित्सकको सुझाव छ ।

हात सफा पानीले भिजाउने अनि हातमा राम्रोसँग साबुन लगाउने । साबुन र पानी छुट्टै होइन, सँगसँगै भयो भने किटाणु हटाउनका लागि सबैभन्दा प्रभावकारी हुन्छ । साबुनलाई दुई हातको बीचमा राखेर खुब रगड्नुहोस्। दुई हातका औंलाहरु आपसमा बल्झाएर केहीबेरसम्म मिच्नुहोस् ।

नङको भित्र, हातको पञ्जा, अगाडि, पछाडि साबुन लगाएर मिच्नु पर्दछ । यसरी छालाको घर्षणका कारण किटाणुहरु नष्ट हुन्छन् र फोहोर पनि निस्किन्छ । यदि किटाणु भएपनि त्यही घर्षणमा मिचिन्छ । कम्तीमा २० सेकेन्डजति हातहरु एक आपसमा औंलाहरु बीचमा बल्झाएर रगड्नु पर्दछ । यसो गर्नाले त्यसबाट शुक्ष्म किटाणुहरु पनि नष्ट हुनसक्छन् । त्यसपछि सफा पानी फेरि हातमा खन्याउने वा धारामा हात पखाल्दा पनि हात बेस्सरी मिच्नुपर्दछ ।

यसरी मिचिमिचि हात धुदा शरीरबाट शुक्ष्म किटाणुहरु लगभग नष्ट गर्न सकिन्छ । हात धोइसके पछि एउटा सफा टवेल वा रुमालले हातलाई विस्तारै पुछने वा तातो हावामा एकछिन राख्ने गर्नु पर्दछ । चिसो हातमा भारइसहरु सजिलै पस्न पनि सक्ने हुदा, तिनलाई केही बेर सुकाउन आवश्यक रहेको चिकित्सकको सुझाव छ ।

Must View