सरकारले शुपथ पसल सञ्चालन गर्दै, यी ८ ठाउँबाट ग्याँस, खाद्यान्न किन्न पाइन्छ
2K
बजारमा कालोबजारी बढेपछि सरकारले शुक्रबारदेखि अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।
राजधानी लगायतको विभिन्न स्थानमा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री बेच्न लागेको हो ।
सरकारले साल्ड ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन, तेल, चामल, ग्यास, सेनिटाइजर, मास्क लगायतका समान सुपथ मूल्यमै उपलब्ध गराउन लागेको हो ।
यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् । सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन छ । जावलाखेलमा पनि ललितपुर महानगरपालिकासँग मिलेर त्यस्तो पसल सञ्चालन हुनेछ ।