नागरिक पोष्ट News


इटालीमा २ हजार ६ सय स्वास्थ्यकर्मी नै संक्रमित, एकैदिन ४ सय ७५ को मृत्यु

1.4K

इटालीमा स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण उच्च देखिएको छ । संक्रमणको संख्या दिनदिनै बढिरहँदा संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्यामा पनि वृद्दि भएको छ । २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको छ । यो संख्या जम्मा संक्रमणको ८ प्रतिशत हो । यद्यपि अहिलेसम्म इटालीमा संक्रमणका कारण कोही स्वास्थ्यकर्मीको मृत्यु भएको आधिकारिक जानकारी आएको छैन ।

इटालीमा एकैदिन ४ सय ७५ को मृत्यु, ९९ प्रतिशत दीर्घरोगी

इटालीमा कोरोना संक्रमणका कारण एकैदिन ४ सय ७५ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । इटालीमा यो मृत्यु संख्या अहिलेसम्मको उच्च हो । कोरोना संक्रमणका कारण धेरै मानवीय क्षति भएको देशमा इटाली चीनपछि दोस्रो स्थानमा छ । ३१ हजार ५ सय ६ जनामा संक्रमणको पुष्टि भएको छ । इटालीमा पछिल्लो साता मृत्युदर १५० प्रतिशतले बढेको छ ।

इटालीका स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमणका कारण मृत्यु भएकामध्ये ९९ प्रतिशत भन्दा बढि मानिसमा पुरानो स्वास्थ्य समस्या रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Must View