नागरिक पोष्ट News


सचेत रहौं ! कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु, हेलचेक्याई नगरौं

2.6K

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा कोरोना भाइरस लाग्दैन भन्ने सोच राख्नु गम्भीर गल्ति हुने बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी जनवरी ३० लाई अन्तराष्ट्रिय आपतकाल संकटकाल घोषणा गरिसकेको छ। डब्लुएचओले विश्वका बिभिन्न देशहरुलाई कोरोना भाइरस परिक्षण तथा क्यारेन्टाईन को व्यवस्था गर्न तथा जनचेतना फैलाउन अपिल समेत गरेको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सयभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यस्तै युरोपमा इटलीपछि सबैभन्दा बढी स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा १ हजार ८ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् । 

यता, इरानमा १ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा फ्रान्समा २७, अमेरिकामा २५, नेदरल्यान्ड्समा १९, बेलायतमा १६ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसका कारण हालसम्म ७ हजार ९ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनका ३ हजार २ सय ३७, इटलीमा २ हजार ५ सय ३, इरानमा ९ सय ८८, स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५, अमेरिकामा १ सय ११, दक्षिण कोरियामा ८४, बेलायतमा ७१, नेदरल्याड्समा ४३, जर्मनीमा २६ जनाको मृत्यु भएको छ ।

डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा. माइक र्यानले इरानमा संक्रमण देखिएका मध्ये १० प्रतिशतको मृत्यु भएको पुष्टि गरेका छन्। यो इरान 

Must View