नागरिक पोष्ट News


निर्भयालाई बलत्कार गरी हत्या गर्ने चार जनालाई २० मार्चको शुक्रबार बिहानै यसरी झुण्ड्याइयो

4.9K

 निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ । सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।

सात बर्ष तीन महिना तीन दिन पहिले निर्भयालाई एउटा सार्वजनिक गाडीमा बलात्कार गरेर त्यस पछि योनीमा रड घुसारेर बर्बरतापूर्ण हत्या प्रयास गरेका चार जना दोषीलाई भोली २० मार्च पौने ६ बजे घाम झुल्किनु अघि तिहाड जेलमा फाँसीको फन्दामा झु्याएर मारिने भएको छ ।

स्थानीय समय अनुसार उनीहरुलाई जेल प्रशासनले सवा ३ बजे उठायो । उनीहरुलाई नुहाउन लगायो । उनीहरुका लागि चिया मगाईयो र प्रशासनले तिमीहरुको अन्तिम ईच्छा के छ भनेर सोध्यो ? तर अँह उनीहरुले कुनै ईच्छा बताउन मानेनन् बरु रोएर बसे । त्यसपछि उनीहरुलाई उनीहरु बसेको ठाँउबाट उठाएर लगियो । त्यस पछि सेतो कुर्ता र पाईजामा लगाईयो । त्यस पछि हतकडी र खुट्टामा नेल लगाएर तिहाडको तीन नं जेलको फाँसीघर तर्फ लगियो । त्याहाँ छेउमा पुगे पछि कालो थैलीले उनीहरुको शीर छोपियो । त्यस पछि अझ चिच्याउन लागे उनीहरु । एक जना त फाँसी घरमा भित्रिनासाथ लडेर चिच्याउन थाले । तर पनि उनलाई उठाएर फाँसीको तख्तामा उभ्याईयो । त्यस पछि पवन जल्लादले जेल निर्देशकको ईशारा अनुसार लिभर खिचेपछि उनीहरु झुण्डिएका थिए । जनवरी २२ , फेब्रुअरी १ र मार्च तीनमा तय भएको फाँसीको मिति टर्दै सर्दै आए पछि चौथो पटक मार्च २० को लागि तय भएको थियो । २०१२ डिसेम्बर १६ मा साझँ साढे ६ बजे कुदिरहेको यात्रुबाहक बसमा ६ जनाले डाक्टर अध्ययन गरेर ईन्टर्न तयारी गरीरहेकी निर्भयामाथि सामुहिक बलात्कार पछि पाशविक यातना दिनुका साथै लिंगमा रड घुसाएर क्रुर हत्या प्रयास गरेका थिए । त्यस पछि उनलाई उपचारको लागि सिंगापुर लगिएको थियो । तर १० दिन पछि उनको मृत्यु भएको थियो । र भारतभर फाँसीको माग सहित बिशाल र्यालीहरु भएको थियो । ६ जना मध्य एक जना राम सिंहले दिल्लीको तिहाड जेलमा आत्महत्या गरेका थिए भने अर्का दोषी नावालग भएका कारण ३ बर्ष सुधार गृहमा बसेर छुटेका थिए ।

दिल्ली कोर्टले नयाँ मिति सार्वजनिक गरेको थियो । राष्ट्रपतिसमक्ष पेश गरिएको माफीको निवेदन खारेज भएको छ भने सबै कानुनी प्रावधानहरु अब बन्द भए पछि यस अघि टर्दै आएको फाँसीको कार्यन्वयन अब निश्चित बनेको हो । ती दोषीहरु हुन् मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ताको अब माफीको कुनै बिकल्प बचेको छैन । फाँसीबाट जोगिने अन्तिम प्रयास स्वरुप अदालतमा दिईएका सबै निवेदनहरु आज खारेज भएको छ ।

Must View