नागरिक पोष्ट News


'नेपालमा कसैलाई कोरोना संक्रमण भएको छैन, भ्रमको पछि नलाग्‍नू' - डा. रुना झा

1.6K

काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेकी छन्। रिपोर्ट्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताएकी छन्।

रोगको सम्भावित लक्षण देखिएका बिरामीहरुमध्येबाट दैनिकजसो परीक्षण भइरहेको भन्दै तथ्यांकगत आधारमा हाल देशमा कोही पनि कोरोना भाइरस संक्रमित नभएको स्पष्ट पारेकी हुन्।

उनले रोगको संक्रमण नभएको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्नसमेत आग्रह गरिन्। ‘हाल देशमा कसैलाई पनि कोभिड-१९ को संक्रमण छैन’, डा. झाले भनिन्,‘आजसम्म आशंकित ५२१ जनाको परीक्षण भइसकेको छ।’

उनले परीक्षणमा आउने संख्या दिनहुँ बढे पनि कोही पनि संक्रमित नभेटिनु खुशीको विषय भएको बताइन्। यसअघि परीक्षणबाट संक्रमित व्यक्तिसमेत स्वस्थ भइसकेको उनको भनाई छ। झाले सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न कदम चालिसकेको र परीक्षणबाट कोही संक्रमित भएमा तत्काल उपचारको उपाय अवलम्बन गर्नेगरी तयारीसमेत गरिसकेको विश्वास दिलाइन्।

डा। पुनले हुलमुलमा नजान, कसैसित नजिक भएर कुरा नगर्न, साबुन पानीले हात धुन, संक्रमित भएमा घरको छुट्टै कोठामा बस्न पनि सुझाव दिएकी छिन्।

Must View