सरकारले पानी र विद्युत महसुलमा जरिवाना नलिने, लाइन लागेर महशुल नर्तिन आग्रह
2.2K
सरकारले चैत महिनाको पानी, विद्युत र मालपोत शुल्क नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको छ । महसुल र राजस्व तिर्न धेरै मानिस भेला हुँदा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने निश्कर्ष निकाल्दै जरिवाना मिनाहा गर्न महसुल र राजस्व लिने कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।