नागरिक पोष्ट News


चैत मसान्तसम्मका लागि सम्पूर्ण शिक्षणसंस्थाहरू बन्द, १५ अप्रिलसम्म नेपाल यात्रा प्रतिबन्ध

1.7K

सरकारले चैत मसान्तसम्मका लागि सम्पूर्ण विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस विश्वव्यापी बन्दै गइरहेकोले सरकारले विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको हो ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस राेग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बैठकले बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरेको छ । 

 

बैशाख ३ (१५ अप्रिल) सम्म नेपाल यात्रा पूर्ण प्रतिबन्ध

कोरोना भइरस (कोभिड १९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकबाट पनि नेपाल आउन प्रतिबन्ध लगाएको हो ।

यस्तै सरकारले इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ । समितिका संयोजक तथा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले शुक्रबारबाट लागू हुने गरी ती देशबाट नेपाल आउन प्रतिबन्ध गरेको हो । यो प्रतिबन्ध  १५ अप्रिलसम्म कायम रहनेछ । सरकारको यो निर्णयले हाललाई  ५५ देशबाट  नेपाल आउन प्रतिबन्ध लाग्नेछ । सरकारले लकडाउन गर्ने निर्णय भने गरेको छैन । आवश्यक परे लकडाउन गर्न सक्ने बताएको छ ।

Must View