नागरिक पोष्ट News


नेपाल जुनसुकै बेला ‘लकडाउन’ मा हुनसक्छ ! बेलैमा सचेत रहौं र सावधानी अपनाऔं

2.5K

उपप्रधान तथा रक्षामन्त्रीमन्त्री ईश्वर पोखरेलले नेपाल जुनसुकै बेला लकडाउनमा जानसक्ने संकेत गरेका छन् । पोखरेल अहिले  कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् ।

हामी कसैले पनि बिगतमा कल्पना गरेको अन्दाज गरेको विषय थिएन, यो अपर्झट आइलाग्यो । यसको विश्वव्यापी प्रभाव छ । १५० भन्दा बढी देशमा यसको संक्रमण भइसकेको छ ।

यो एउटा समस्या हो । खुला सिमाना भारतसँग रहेकाले अर्को ठूलो समस्या छ । त्यो खुला सिमानाबाट आउजाउ भनेको जबर्जस्त स्थिति छ । भारतीय पक्षसँगको समन्वयमा त्यो पनि हामी नियन्त्रण गर्दैछौं ।

सरकारले उडानहरुलाई नै रद्द गर्ने, लकडाउन गर्ने कुरामा पनि जानुपर्ने हुनसक्छ । त्यस्तो पर्दाखेरि हामी जुनसुकै समयमा पनि निर्णय गर्छौं, तर अहिले सरकार जनतालाई सचेत बनाउन सन्चारमाध्यमलाई परिचालित गर्ने,गलत सूचना फैलिन नदिन सही सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्नतर्फ  गम्भीररुपमा लागि परेको छ, कालोबजारीलाई निस्तेज गर्नेतर्फ पनि सरकारको ध्यान केन्द्रित छ पोखरेलले भनेका छन् ।

Must View