नागरिक पोष्ट News


४७० जनाको मात्र कोरोना परीक्षणले नेपालमा ढुक्क हुने अवस्था छ त ! सचेत रहौं र सावधानी अपनाऔं

2.4K
काठमाडौ । सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ ।  नेपालमा कोरोना नै छिर्दैन कारण यस्तो छ, भयभित र आतङ्कित नबन्न अपील !

नेपालमा हालसम्म जम्मा ४७० जनाको मात्र कोरोना संक्रमणको परीक्षण गरिएको छ । यद्यपि अहिलेसम्म गरिएका एउटाबाहेक सबै परीक्षणमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

तर कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएका चीन, इरान, इटली, दक्षिण कोरियालगायतका देशबाट पछिल्लो एक महिनामा मात्रै झण्डै १० हजार हाराहारी संख्यामा मानिस नेपाल आइसकेका छन् ।

नेपालमा देखिएको कोरोनाको पहिलो संक्रमण पनि चीनबाट नेपाल आएका विद्यार्थीमै देखिएको थियो । यद्यपि उनी उपचारपछि निको भएको सरकारले बताएको छ ।

त्यसयता चीनको वुहानबाट उद्धार गरिएका १७५ जना र उनीहरुलाई नेपाल ल्याउने पाइलट तथा स्वास्थ्यकर्मीको परीक्षण गरिएको छ । त्यसैगरी कोरोनाको संक्रमण फैलिएको देशबाट नेपाल आएकाहरुमध्ये रुघाखोकी, ज्वरोको लक्षण देखिएकाहरु आफैं अस्पताल गई जाँच गराएका छन् ।

उनीहरुमा संक्रमण भेटिएको छैन । अरुको हकमा भने विमानस्थलमा ज्वरो नाप्ने र सेल्फ क्वारेन्टाइनमा बस्नुस् भनेर छाडिएको छ ।

‘कोरोनाबाट बच्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको टेस्ट (परीक्षण) टेस्ट ….र टेस्ट हो, ’ विश्व स्वास्थ्य संगठन डब्लूएचओ का महासचिव डा. टेड्रोस एड्हनम गेहब्रेयससले भनेका छन् । 

नेपालमा दैनिक २/४ वटा पनि परीक्षण हुन्न । किनकी अहिलेसम्म परीक्षण भएको ४ सय ७० परीक्षणमध्ये १ सय ९३ जना सरकारले चीनबाट उद्दार गरेका र उनीहरुलाई नेपालसम्म ल्याउने टोलीको थियो ।

यसले नेपालमा कोरोना संक्रमण फैलिएको छैन भन्दा पनि ठूलो सङ्ख्यामा जाँच नभएकाले नभेटिएको पो हो कि प्रश्न गर्न सकिने एक जनस्वास्थ्य विज्ञ बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले भने प्रष्ट भनेको छ, ‘कुनै प्रष्ट लक्षण नदेखिएकाहरुलाई पनि कोरोना संक्रमण भएको भेटिएको छ ।’ संक्रमण फैलिएको देशबाट फर्किने सबैको परीक्षण गर्न पाए त्रास कम हुने सत्य हो, तर यो विषयमा सरकारले मापदण्ड बनाएको देखिदैन ।

Must View