नागरिक पोष्ट News


अस्ट्रेलियामा पनि कोरोनाको असर,५ जनाको मृत्यु: यस्तो छ नेपालीको अवस्था

2.2K

अस्ट्रेलियामा  ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा नै कोरोनाको संक्रमण देखिएपछि कूटनैतिक नियोगहरु, सामाजिक संस्थाका र व्यवसायीहरुले सचेतना र सतर्कता अपनाएको बताएका छन् ।

ती व्यक्तिलाई हाल तास्मानियाको एउटा होटेलको आइसोलेसनमा राखिएको छ । 

अस्ट्रेलियामा हरेक साता जस्तो कुनै न कुनै नेपाली कार्यक्रमहरु हुने गरेका छन् । तर सरकारले ५ सय भन्दा बढी जमघट हुने कुनै पनि सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेपछि अस्ट्रेलियाका विभिन्न राज्यमा आयोजना गर्ने तयारी गरिएका दर्जनौं कार्यक्रमहरु स्थगित भइसकेका छन् ।

अस्ट्रेलियाले आइतबारदेखि लागू हुने गरी यहाँ आइपुगेका हरेकलाई दुई साता सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य व्यवस्था लागू गरिसकेको छ ।

Must View