कोरोनाबारे इटालीबाट सिक्नैपर्ने पाठ, हेलचेक्र्याई होइन, सचेत र सावधानी अपनाऔ, एकपटक पढ्नैपर्ने
अहिले कोरोना भाईरस (कोभिड(१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ । त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ । यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्कसँग बसेका छन् ।
इटाली, चीन, कोरिया बाहेक अन्य विश्व अहिले पनि पहिलो स्टेजमै छ, कुनै देश दोस्रो स्टेजमा जान लागेका छन् । तिमीहरुलाई थाहा नै छैन अब कस्तो दिन आउँदैछ भनेर । किनभने २ हप्ता अघि मलाई पनि थाहा थिएन अवस्था यस्तो हुन्छ भनेर । तर अहिले त्यो नसोचेको सपना वास्तविकता बनिसकेको छ । अझै पनि धेरै देशहरुले “यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ । यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन ।
यसरी फैलियो पूरै इटालीमा कोरोना भाइरस, अबस्था भयावह बन्दैएकछिन हेरौं हामी र हाम्रो इटाली लगभग २/३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यौं ।
पहिलो स्टेज
तिमीलाई थाहा छ कोरोना भाईरस छ भन्ने कुरा, तिमीले न्युजमा पढेका छौं, टिभी, इन्टरनेटमा त्यो बारे समाचार हेरेका छौ । पहिलो दोस्रो गरेर केही पोजिटिभ केसहरु तिम्रो देशमा देखिएका छन् । डराउनुपर्ने केही छैन, यो अली कडा खालको रुघा खोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ । जवानहरुले त भाईरसलाई पचाई हाल्छन् । गर्मी लाग्दैछ, भाईरसहरु मरिहाल्छन् । म सुरक्षित छु, ढुक्क छु । सबै किन यती सार्हो आत्तिरहेका छन्, बेकारमा मान्छे तर्साउने काम गर्दैछन् । केही डर छैन ।
दोस्रो स्टेज
...............म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भाईरसको डर पनि छैन । यहाँ सबै ठिकै छन् ।
तेस्रो स्टेज
अब पोजिटिभ केसहरु छिटो छिटो बढ्दैछन्, दिनमै दोब्बर देखिन थालेका छन्, धेरै मर्न थालेका छन् । ‘रेड जोन’ र ’क्वारान्टाइन क्षेत्र’ भनेर सरकारले अरु अरु शहरहरुलाई पनि तोक्दैछ । इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश क्वारान्टाइनमा बसीसकेको छ । ती क्षेत्रका स्कुल, कलेजहरु बन्द भएका छन् तर रेस्टुरेन्ट, बार, फिल्महल, अफिसहरु अझै खुल्ला छन् ।
चौंथो स्टेज
पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन्, सबै स्कुल कलेजहरु कम्तीमा १ महिनाका लागि बन्द भएका छन् । देशमा स्वास्थ्यको इमर्जेन्सी घोषणा गरिएको छ । अस्पतालहरुमा विरामीको चाप धान्न सकेको छैन । बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ । थोरै जनशक्ती र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ । आँखै अघी बाँच्नसक्ने र बाँच्नपर्ने विरामी मरेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन् । तर गर्न सकिने केही छैन, पूरा सिस्टम धरासायी हुँदैछ ।
पाँचौ स्टेज
रेड जोनबाट भागेर घर पुगेका १० हजार जना बारे अघी भनिसके । अब उनीहरुले गर्दा पूरा इटालीभरी भाईरस फैलिसकेको छ । अब पूरा देश नै क्वारेन्टाइनमा छ ।
छैठौं स्टेज
२ दिनपछी सूचना आउछ, रेस्टुरेन्ट, बार, सपिङ सेन्टर सबै खालका पसलहरु बन्द गर्नुपर्छ, केही सुपर मार्केट र औषधी पसलहरुलाई छोडेर । तिमी घर बाहिर हिंड्नको लागि एउटा सर्टि्फिकेट बोक्नुपर्छ, जसमा आफ्नो नाम, घर, कहाबाट आएको, कहाँ जाने, किन जाने सबै कुरा खुलाएको हुनुपर्छ । जताततै प्रहरीको चेक पोइन्टहरु छन् । विना अत्यावश्यक काम बाहिर निस्केको भेटिएमा २०६ युरो फाइन लाग्छ, अझ तिमी कोरोना भाईरस पोजिटिभ हौं भने त हत्यारालाई लाग्ने कानुन लाग्छ र १२ वर्षसम्म जेल बस्नुपर्ने हुन्छ ।
इटालीको आज मार्च १२ गतेको अवस्था भनेको यही छैठौं स्टेजको छ । र यो अवस्था मात्र २ हप्तामा भएको हो । तेस्रो स्टेजबाट अहिलेको अवस्थामा त ५ दिनमा आएको हो ।
हाम्रो इटालीको सरकार पूरै देशलाई ’लक डाउन’ गरेर राम्रो गरेको हो, यो भाईरसलाई अरु फैलनबाट रोक्न यही उपाय हो । चीनमा यो तरिकाले काम गरेको छ, आशा छ हाम्रो देशमा पनि काम गर्छ । शुरुमा फैलिएका केही शहरहरुमा यसले नयाँ संक्रमण घटाऊनलाई काम गरेको छ । त्यस्तै व्यापार व्यवसाय बन्द गरेर बस्नुपरेका नागरिकहरुलाई सरकारले सहयोगी नियम ल्याउनु भएको छ । यी कदमहरु एकदमै अफ्ठ्यारा हुन् तर यी नगरे देश र विश्वको हालत के होला भनेर सोच्न पनि सकिन्न । कती देशहरुले यो समस्यालाई आफ्नो हैन, आफ्नो देशमा आएको छैन भनेर समय छदै सावधानी नअपनाएको देख्दा रिस पनि उठ्छ ।
मलाई लाग्छ यो विश्वभरी फैलिएको कोभिड (१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ, तपाईंलाई के लाग्छ ? त्यसैले साथीहरु, तिम्रो देश र ठाउँमा यो भाईरस देखिन थालेको छ भने यसको मतलब यो फैलिरहेको छ, तिमीहरु हामीहरु भन्दा १र२ हप्ता पछाडि छौं, केही समयमा हाम्रो अहिलेको अवस्थामा आइपुग्छौ । त्यसैले प्लिज, प्लिज, प्लिज अहिलेबाटै गर्नुपर्ने सावधानीहरु गरिहालौं, मलाई यसले भेट्न सक्दैन भनेर भ्रममा नबसौं, हामी इटालियनहरुलाई पनि त्यस्तै लागेको थियो । अनी सकेसम्म घरमै बसौं, भिडभाडमा नजाऔं । आफ्नो हात सफा राखौं, साबुन पानीले हात धोऔं । –एजेन्सीको सहयोगमा