कोरोनाको जानकारी दिन हट लाइन सञ्चालन, कसरी जानकारी लिने
1.8K
सरकारले कोरोना भाइरस कोभिड–१९ सम्बन्धी जिज्ञासा तथा गुनासा सम्बोधनको लागि जारी गरेको १११५ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको तीन दिनमै दैनिक एक हजारभन्दा बढी फोन आउने गरेको जनाएको छ ।
सम्भावित संक्रमणबाट कसरी बच्न सकिन्छ, कोरोनाका लक्षण कस्ता हुन्छन्, सरकारले कोरोना नियन्त्रणको लागि कस्ता योजना ल्याएको छ भन्नेजस्ता जिज्ञासा कल सेन्टरमा सोधिने गरेका छन्।
धेरैजसो फोन सुदूरपश्चिमका जिल्लाबाट आउने र उनीहरुले नेपाल–भारत–चीन सीमा नाका खुल्ला छ कि बन्द छ भन्ने जानकारी लिने बताइएको छ ।
कोरोना कल सेन्टर १११५ को नम्बरमा फोन गर्न पैसा लाग्दैन।