नागरिक पोष्ट News


सफल मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज

1.9K

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण पछि अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन्।  प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । 

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि फागगुन २० गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई मिर्गौला दान गर्ने नाताले भान्जी पर्ने समिक्षा संग्रौला यसअघिनै डिस्चार्ज भइसकेकी छन् ।

१२ बर्ष अघि भारतमा प्रत्यारोपण गराउनुभएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको नियमित डायलासिस गरिदै आएको थियो ।

Must View