तीन लाख घुस प्रकरणबारे मन्त्री योगेशको यस्तो प्रतिक्रिया -कुनै गल्ती नगरिएको र नगरिने स्पष्ट
2.2K
मन्त्री भट्टराई पत्नीले कानुनी कदम चाल्दै
Cover Photo : Mediadabali
पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेमाथी साँढे दुई लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि भट्टराई पत्नी घिमिरे कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिने तयारी गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
उनीमाथि एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परिक्षामा उतिर्ण गराइदिने भनी आरोप लागेको हो । घिमिरे काउन्सिलकी रेक्टर हुन् ।
घुसका लागि फेसबुक म्यासेन्जरमा कुराकानी गरेको बिषय पनि सार्वजनिक भएको गरिएको छ । म्यासेन्जरमा जीता बरालको नाम उल्लेख छ । यसको स्वतन्त्र रूपमा पुष्टि भने हुन बाँकी छ ।
पत्नीमाथी गम्भीर आरोप लागेपछि पर्यटनमन्त्री भट्टराईले फेसबुकमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले घटनाबारे उल्लेख नगरी कुनै गल्ती नगरिएको र नगरिने स्पष्ट पारेका छन् । षड्यन्त्रप्रति सचेत रहेको उनको भनाइ छ ।