नागरिक पोष्ट News


आँचल शर्माको विवाह सम्पन्न, उदिपले नेवारी बाजागाजा सहित जन्ती लिएर गए

1.7K

काठमाडौ । नायिका आंचल शर्मा आज विवाह बन्धनमा बाँधिएकी छिन् । प्रेम सम्बन्धमा रहेको केहि समय पश्चात आँचलले प्रेमी उदिप श्रेष्ठसंग लगन गाँठो कसेकी हुन् ।

आज पारिवारिक माहोल बीच आंचलको विवाह सम्पन्न भएको छ । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा विवाह सम्पन्न भएको हो । आँचल शर्माले चलचित्र छेत्रका निकट साथीलाई मात्र विवाहमा निम्त्याएकी छिन् भने मिडियालाई भिडियो फोटो लिन अनुमति दिएकी छैनन् । शनिवार भने भव्य रिसेप्सन पार्टी आयोजना गर्दैछिन् ।

आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी आज विवाह बन्धनमा बाँधिएका हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

Must View