सुनको एकैदिन रु. ३ हजारले घट्यो, चाँदीमा पनि पहिरो
1.5K
सुन र चाँदीको भाउमा पहिरो गएको छ।
यो साताको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन ८२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८२ हजार २०० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार क्रमशः ७८ हजार ५०० र ७८ हजार २०० रुपैयाँमा खुम्चिन पुगेको हो ।
त्यस्तै चाँदी पनि कारोबारको पहिलो दिन आइतबार प्रतितोला ८९० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार ८२० रुपैयाँमा झरेको छ ।