नागरिक पोष्ट News


नेपाल आउने विदेशी सेल्फ क्वारेन्टाइन र नेपाली १४ दिन होम क्वारेन्टाइनमा बस्नैपर्ने छ

1.3K

सरकारले मार्च १४ शनिबारदेखि नेपाल आउने विदेशी नागरिक सेल्फ क्वारेन्टाइन र नेपाली तथा गैर आवासीय नेपाली नागरिकले होम क्वारेन्टाइमा १४ दिनसम्म बस्नुपर्ने भएको छ ।

कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण हुन नदिन जोखिम न्यूनिकरणका लागि उक्त निर्णय गरेको हो । निर्णय अनुसार व्यवसायीक, अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरु विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिनसम्म अनिवार्य सेल्फ क्वारेन्टाइमा बस्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा १४ मार्चदेखि लागू हुने गरी ३० अप्रिलसम्म स्थगत गर्ने समेत निर्णय गरेको छ ।

अर्को सूचना नभएसम्मका लागि बैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगत समेत गरिएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई ३० अप्रिलसम्म विदेश यात्रा गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जारी नगर्ने, संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि, औजार तथा उपकरण लगायतका सामग्रीहरु सार्वजनिक खरिद ऐनको विशेष परिस्थितीको प्रावधान अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने निर्णय गरेको छ 

Must View