नागरिक पोष्ट News


श्रीलंकाली हेयर केयर र बेबी प्रोडक्टस् हजुरलाई नमस्ते ले बजारमा ल्यायो

2.6K

 २५ फागुन, काठमाडौं । तारा बहादुर कुँवर । अर्थात् एउटा दुख र इमानदारिताको अर्काे नाम भन्दा फरक पर्दैन । टेम्पो चालकदेखि हेभी औजार बिक्रेताहरुको महासंघको अध्यक्षसम्म बनेका हजुरलाई नमस्ते ट्रेड लिंकका प्रमुख कुँवर यतिबेला नयाँ व्यावसायिक ‘ट्रिक’ लगाएर बजारमा देखिएका छन् ।

आफ्ना पढालेखेका छोरीहरु मार्फत् उनले व्यवसाय अघि बढाएका छन् । श्रीलंकामा ‘प्रसिद्धि कमाएको’ कुमारिका कपाल तेल र बेबी शेरामी दुई प्रोडक्टहरु हालै बजारमा ल्याइएको छ । 

नयाँ व्यापारिक ‘ट्रिक’ लगाउँदै उद्यमी कुँवरले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनाल सहित दर्जन बढी सांसद र मेयरहरुका माझमा यी दुई प्रोडक्ट लन्च गरेका हुन् ।शुक्रबार होटेल एभरेस्ट नयाँ बानेश्वरमा एउटा भव्य समारोह बीच लन्च गरिएका ती सामग्रीहरुको सार्वजनिक कार्यक्रममा श्रीलंकाली उत्पादकहरु पनि आएका थिए ।

पूर्वदेखि पश्चिम नेपालका विभिन्न २७ जिल्लामा समेत व्यापारी डिलर वितरण गरेको यो प्रोडक्टका लागि नेपालको आधिकारिक डिलर विक्रेता चाहिँ हजुरलाई नमस्ते ट्रेड लिंक रहेको छ ।अघि पछि समाज सेवा, चक्रपथ सरसफाइ अभियान समेत सञ्चालन गर्दै आएका हेभी औजार बिक्रेता महासंघ अध्यक्ष कुँवरले उक्त प्रोडक्ट लन्च कार्यक्रममा आफ्नो जिन्दगीको मिठासपूर्ण भाषण समेत गरेका थिए ।उत्पादक कम्पनीका अनुसार यी प्रोडक्टहरु कपाल र बालबालिकाको हेरचाहका लागि प्रसिद्ध छन् । 

कुमारिका र बेबि शेरामी नेपालमा एक वर्ष अघिदेखि नै बिक्री हुँदै आएका छन् । हेमाज म्यानुफ्याक्चरिङका निर्देशक रोय जोसेफ र हजुरलाई नमस्तेका प्रमुख कुँवरले पूर्व प्रधानमन्त्री खनाललाई साथमा लिएर सार्वजनिक गरेका थिए । 

हेमाज होल्डिङ्ग एक श्रीलङकन व्यावसायिक कम्पनी हो जसले विगत ७० वर्षदेखि पौराणिक सम्पदा बोकेर विभिन्न क्षेत्रहरु एफएमसिजी, यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा काम गर्दै आएको छ ।हेमाज मेनुफ्याकचरिङले गुडविल कमाएका उत्पादनहरु बेबीकेयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन, माउथवास,सकिन केयर, साबुन, लोसन, बडि वास) हेयर केयर (ओइल, स्याम्प, कन्डिसनर सिरम) सगन्ध अत्तर र कोलोन (महिला, पुरुषका लागि) र स्यानिटरी न्यापकिन्स उत्पादन गर्दै आइरहेको छ ।

यो कम्पनी श्रीलंकामा सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा उत्पादन शुरुवात भएको हो । 

Must View