नागरिक पोष्ट News


उपत्यका नजिक १० वटा नयाँ सहर : टोखा–छहरे र थानकोट-नौबिसे सुरुङमार्ग आसपासमा

3.2K

सरकारले १० वटा नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाको वैकल्पिक सहरका रूपमा टोखा–छहरे सुरुङमार्गसँगै रहेको थानसिंह, ढिकुरे गंगटे हुँदै देवीघाट, रातामाटे हुँदै गल्छीसम्म र थानकोट–नौबिसे निर्माणधीन सुरुङमार्ग आसपासको गल्छीसम्मको भू–भागमा सुविधासम्पन्न सहर बसाल्ने तयारी भएको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जानकारी दिए ।

त्यसैगरी, नुवाकोटको छहरेदेखि धादिङको गल्छीसम्मको करिब ३५ किमि र धादिङको गल्छीदेखि नुवाकोटको चाउथे–बन्चरे हुँदै तीनपिप्ले बालाजु जोड्ने क्षेत्रमा पनि सहर निर्माण गरिने छ । नुवाकोटको बट्टारदेखि विदुर हुँदै बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गंगटे–पीपलटार–बुहुनीबेसी–देवीघाट–महादेवफाँट–गल्छी र गल्छीदेखि–चाउथे हुँदै बन्चरेडाँडा–तीनपिप्लेमा नयाँ सहर निर्माणका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

धादिङको नौबिसे–गल्छी, मकवानपुरको इन्द्रसरोवर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेंसी, बनेपा, धुलिखेल र पनौती क्षेत्रसहित समेटेर नयाँ सहरको अवधारणा अघि बढाइएको छ । 

Cover Photo : http://www.nuwakotexpress.com/

Must View