नेपाल यसरी उच्च जोखिममा, चीनमा जैविक हतियारको परीक्षणपछि विश्वभर कोरोना भाइरस फैलिएको खुलासा
- सिद्धार्थ गौतम
एकदलीय कुरूर कम्युनिष्ट शासन रहेको चीनले जैविक हतियारको परीक्षण गरेपछि विश्वभर कोरोना भाइरस फैलिएको कुरा अब पुष्टि भैसकेको छ । चीन सरकारले पनि स्वीकारे गरेको छ कि यहाँ खतरनाक भाइरसको परीक्षण गरिन्छ । उहान ईन्सिच्युट अफ भाईरोलोजी (Wuhan Institute of vorology) बाट फैलिएको आशंका गरिएको छ ।
यहाँबाट सीमित मात्रामा चीनको जैविक गोप्य हतियार कार्यक्रम सिभिल मिलिटिरी (Civil-military) प्रोजेक्ट अन्तर्गत चलिरहेको थियो । क्यानाडाको प्रयोगशालाबाट मार्च २०१५ मा चीनको एमएसएस का जासुसहरुले कोरोना भाइरसको नमुना चोरेका थिए । अमेरिकाको विदेश विभागले पनि गतवर्ष चीनले जैविक हतियार परीक्षणमा संलग्न रहेको जनाएको थियो ।
दक्षिण कोरिया र जापानलाई समाप्त गर्नको लागि चीनले यो खतरनाक खेल खेलेको अनुमान गर्न सकिन्छ । आउने जुलाईमा हुन गईरहेको ओलम्पिक खेल रद्द गराउन पनि यो खतरनाक खेल चिनियाँ कम्युनिष्ट सरकारले खेलेको हुनसक्छ ।चीनको सहयोगमा पाकिस्तानले भारतमा पनि यो महामारी फैलाउन षडयन्त्र गरिरहेको थियो । अमेरिकाका खास सहयोगी प्रजातान्त्रिक देशहरुका विरुद्ध चीनको यो खतरनाक षड्यन्त्र हो ।
विश्वलाई नै भाइरस आतंकबाट प्रताडित गर्ने चीनको यस्तो गम्भीर हर्कतलाई माफ गर्नु हुँदैन । पुरै विश्वबाट अलग्याउनु र बहिष्कृत गर्नुपर्छ । कम्युनिष्ट र चीन विश्वका लागि घातक रोग हुन् । अबचाहिँ कम्यूनिष्ट चीन होइन, भाइरस चीन भनौं । कम्युनिष्ट चीनको विरुद्धमा विश्वका प्रजातन्त्रवादीहरु एकजुट हुनु जरुरी भैसक्यो ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई लिएर वैश्विकसंकट घोषणा गरेको छ । चीनमा दुई करोड जनता कोरोना भाइरसबाट प्रभावित भएका छन् । विश्वको ११८ वटा देशमा यो भाइरस फैलिएको छ। चिनियाँ कम्युनिष्ट सरकारले विश्वलाई झुठो बोलेर ढाट्यो पहिला, पछि आएर पोल खुल्यो ।
नेपाल सरकारले तत्काल चाईनाबाट कुनैपनि हवाई सेवा, कुनैपनि यातायात सेवा, कुनैपनि मान्छेलाई आउनबाट तत्काल बन्द गर्नुपर्यो । चीनले विश्वलाई यस्तै खतरनाक महामारीहरु मात्र दिनसक्छ, राम्रो कुरा केही पनि दिन सक्दैन । यो कम्युनिस्ट चाइनाको नयाँ रणनीति हुनसक्छ र हो । यस रणनीतिबाट विश्व समुदाय सतर्क रहनुपर्छ । विश्वमा कम्यूनिष्ट आतंकवाद फैलाउने चीन अबचाहिँ भाइरस आतंक फैलाउन थालेको छ ।
चिनियाँलाई नेपाल भित्रिन खुला छूट किन ?
डव्लुएचओले नेपालसहित दक्षिण एशियाका भारत, श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएयता नेपालमा १६ हजार भन्दा बढी चिनियाँ पर्यटक भित्रिएको पाइएको छ ।
यस किसिमको गैरजिम्मेवारी काम गर्ने छुट कसले दिएको छ ओली सरकारलाई ? नेपाली जनताको बिरुद्धमा यस्तो किसिमको महाभुल गर्ने कम्यूनिष्ट सरकारलाई जनताले एकदिन सजाय अवश्य दिन्छन् । नेकपा सरकारको कम्युनिस्ट चीन प्रेमको कारणले गर्दा सम्पूर्ण नेपाली जनता खतरामा परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) अध्यागमन कार्यालय अनुसार सन् २०२० जनवरी १ देखि फेव्रुअरी २२ सम्म टीआईएबाट कूल १६ हजार १ सय ८६ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । कोरोना भाइरस अन्यन्त्र नफैलियोस भनेर चीनले एक करोड भन्दा बढी जनसंख्या रहेको उहान र ६ करोडभन्दा बढी जनसंख्या रहेको हुबेई प्रान्तलाई करिब दुई महिना देखि ‘लक’ गरेर राखेको छ ।
बुहानमा सम्पूर्ण हवाई उडान र सार्वजनिक यातायात बन्द गरिएको छ । संक्रमित भएको भन्दै हजारौंलाई जिउँदै जलाइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको यो असली चरित्र र रुप हो । कोरोना भाइरस नफैलियोस भनेर विश्वका ६० भन्दा बढी देशले चिनियाँ माथि प्रतिबन्ध लगाई सकेका छन् ।
नेपालले भने चिनियाँ पर्यटकको आगमनमा हालसम्म कुनै कडाई गरेको छैन । नेपालले अहिले पनि चिनियाँलाई आवतजावत गर्न दिंदै आएको छ । केपी ओलीको सरकारले चिनियाँलाई स्वागत गर्दै, कृष्ण विष्णु गोकुलको जाप गर्दै केक काट्दै बसिरहेको छ ।
चीनसँग सीमा जोडिएका १४ देशमध्ये अधिकांशले चिनियाँ पर्यटकमाथि कडाई तथा प्रतिबन्ध लगाए पनि नेपालले स्वागत गर्दै बसिरहेको छ । चिनियाँ पर्यटक माथि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध लगाईए मात्र हामी प्रतिबन्ध लगाउँछौं । चिनियाँ पर्यटक माथि अहिले कडाई गर्ने कुनै योजना छैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस किसिमको गैरजिम्मेवार भनाई कस्को जोडबलमा आईराखेको छ, चिनियाँ भाइरसको संक्रमण फैलियो भने यसको जिम्मेवार को हुने ? विश्वका अन्य देशहरुले चीनका पर्यटक माथि मात्र होइन, कोरोना भाइरस बढी प्रभावित मकाउ, हङकङ, ताईवान, दक्षिण कोरिया, जापान लगायतका पर्यटक माथि पनि कडाई गर्न शुरु गरेका छन् ।
तर नेपालले भने अहिले पनि अन्य देशका पर्यटकलाई झै चिनियाँ पर्यटकलाई स्वागत गरिरहेको छ । यो सबैको पछाडि चिनियाँ राजदूतको दवावले काम गरिरहेको छ । देश गम्भीर मोडमा छ तर कम्युनिस्टहरु चुपलागेर बसेका छन् । अमेरिका र भारतलाई गाली गर्दै भरत दाहालहरु लगायतको किर्तन चल्दैछ र चिनियाँ राजदुतले थपडी बजाउदै स्याबासी दिई राख्नु भाको छ ।
सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी बुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । त्यसयता कोरोना भाइरसको कारण चीनमा मात्र अनुमानित दुई लाख जतिको मृत्यु भइसकेको छ । विश्वका ११८ देशमा कोरोना भाइरसका विरामी भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टीआईएमा एउटा सामान्य स्वास्थ्य डेस्क राखेको छ । चीन हुँदै आउने अन्य देशका पर्यटक र चिनियाँ पर्यटक माथि अहिलेसम्म विशेष सतर्कता अपनाइएको छैन । टीआईएमा रहेका ४ जना चिकित्सकसहित १२ जनाको स्वास्थ्य डेस्कले चीनबाट आउने जहाजका यात्रुको सामान्य सूचना राख्ने काम मात्र गरेको छ । टीआईएमा रहेको स्वास्थ्य डेस्कले चीनबाट को आयो र को गयो भन्ने सूचना मात्र राख्छ ।
दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ । कोरियामा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भइसकेको छ र संक्रमितको संख्या आठ सय नाघेको छ । दक्षिण कोरियाको थेगु क्षेत्रमा कोरोना भाइरसका बिरामी भेटिएका हुन् ।
शुरुमा चीनबाट फर्किएकामा मात्र यो भाइरस पाइएकोमा अहिले चीन नगएकाहरुमा पनि यो भाइरस भेटिएपछि कोरियाले थेगु क्षेत्रमा विशेष सतर्कता अपनाएको छ । दक्षिण कोरियामा बुहानमा भाइरस आतंक फैलिनु भन्दा अगाडी नै भाइरस फैलिएको पुष्टि हुन्छ । यसैबाट पनि चीनको षडयन्त्रको पुष्टि हुन्छ । कोरियामा रहेको नेपाली दूतावासले पनि त्यहाँ रहेका ४० हजार भन्दा बढी नेपालीलाई विशेष सतर्कता अपनाउन भनेको छ ।
युरोप पुरै कोरोना भाइरसको चपेटामा परिसकेको छ । कोरोना भाइरसका संक्रमित बढेपछि इटालीयन सिरी ‘ए’ को तीन वटा खेल स्थगित गरिएको छ। इटालीमा यो भाइरसका कारण १०७ जनाको मृत्यु भइसकेको छ । इरानमा पनि कोरोना भाइरसका कारण ९२ जनाले ज्यान गुमाइसकेका छन् । साथै २९२२ संक्रमित छन् । जुन चीनपछि उच्च मृत्यु संख्या ईरानमा नै हो ।
जापानमा पनि ६ जनाको मृत्यु र पाँच सयभन्दा बढी संक्रमित भएका छन् । हङकङमा दुई जनाको मृत्यु भईसकेको छ । अमेरिकामा पनि ११ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । मलेसिया, थाइल्याण्ड, श्रीलंका, अफ्रिकन देश, क्यालिफोर्निया, मेक्सिको पनि तिब्रताका साथ चिनियाँ भाइरसको चपेटामा पर्दै गइरहेका छन् । नेपाल भ्रमणबाट फर्किएका एकजना स्पेनी नागरिकको कोरोनाले मृत्यु भएको छ ।
हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणले भयावह स्थिती सृजना भएपछि चिनियाँ नागरिकलाई विश्वभरी नै प्रतिबन्धित गरिएका छन् । विश्वमा कम्यूनिष्ट आतंकवाद फैलाउने चीन अब चाहिँ भाइरस आतंक फैलाउन थालेको छ, उल्टै अमेरिकालाई दोष लगाउने, लाजशरम नभएको सी जीनपीङ सरकार यसको लागि मुख्य जिम्मेवार छ ।
(लेखक : गौतम नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट हुन्, याे उनकाे निजी विचार हाे । -सम्पादक)