नागरिक पोष्ट News


हरेक काममा क्वालिटी दिन सक्नेलाई रास्ट्रले पुरस्कृत गर्ने रहेछ - आशा ओझा दाहाल

1.8K

हामीले हेम्पका सामग्री उत्पादन गर्न लागेको झन्डै ३० वर्ष भयो त्यति बेला यसको माग नेपालमा पटक्कै थियन अहिले भने नेपालि हरु पनि यसको महत्तो बुझन लागेका छन्।

उत्पादन को २० प्रतिशत नेपालमै खपत हुन थालेको मा खुसि छौ। हुनत हामीले २००३ मै जेनेभा बाट प्रदान गरिने ‘अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड पनि पाएका थियाैँ' यो अवार्ड पाए पछी हाम्रो उत्पादन बिस्व का धेरै मुलुकमा हुन लाग्यो यसपछि झन् हामीले उत्पादन लाई बढ़ाउदै लग्यौ।

 

हामीले उत्पादन गर्ने सामाग्रि हरु हेम्प फाइबर बाट बनेका हुन्छन जहा ब्याग, टोपी, पछ्यौरा, बेल्ट, पर्स लगायत सामग्री उत्पादन गर्छौ। हामीले अहिले दुई भवन र एउटा टहरामा यी सामानलाई अन्तिम रूप दिने (ट्यागिङ, फिनिसिङ, चेकिङ) गर्ने काम गरिन्छ। यस कम्पनीको नाम हो, ठमेल ह्यान्डी क्राफ्ट हो

 

यो कम्पनि वि. सं. २०५२ मा स्थापना भएको हो । पुरानो कुरा सम्झदै आशा ले भनिन एक दिन विदेशी नागरिक हेम्पबाट निर्मित ब्याग बोकेर गार्मेन्ट कम्पनीमा आइपुगेका थिए। आशाले त्यो ब्यागलाई खुबै दृष्टि लगाइन्, उनलाई ब्याग मन पर्‍यो । ‘ब्याग कसरी बन्यो भनेर खोजी गर्न थाल्यौं,’ आशा भन्छिन्, ‘गाँजाको रेसाबाट बन्ने कुरा पत्ता लाग्यो। हामीले पनि त्यहीअनुसार बनाउन का लागि पछि ठमेल ह्यान्डी क्राफ्ट वि.सं. २०६२ मा स्थापना गर्यौ । यी दुवै कम्पनीबाट हेम्पका सामान उत्पादन गरिन्छ, जुन नेपालदेखि विदेशसम्म निर्यात गरिन्छ। नेपालमा हेम्पका सामग्री उत्पादन गरेर बजारीकरण गर्ने पहिलो महिला ब्यबसायी हुन् आशा ओझा दाहाल उनि भन्छिन राम्रो काम गर्नु पर्दो रहेछ राम्रो काम गरे पुरस्कार पनि पाइन्छ, इज्यत पनि पाईन्छ तर पुरस्कार पाइयो भनेर फुर्किनुहुँदैन। आफ्नो कामलाई अझ राम्रो बनाउनुपर्छ ।

 

उनको कम्पनीले ठमेलमा चेकिङ र फिनिसिङको काम गर्दछ भने बालाजूमा सामग्री उत्पादन गरिन्छ। आशाले दुवै ठाउँको हेरचाह, व्यवस्थापन र अनुगमन गर्दै आएकी छन्। यसकारण उनी घर(बानेश्वर) मा विरलै भेटिन्छिन्। उनले तीन दशक उद्यममै बिताइन्। ‘आफूले उत्पादन गरेको सामान हेर्दा पनि मन नै आनन्दित हुन्छ,’ उनी भन्छिन्। हाल उनले बैंकिङ क्षेत्रको कारोबार पनि थपेकी छन् यो कारोबारको जिम्मेवारी पनि उनकै काँधमा छ। उनको व्यवसाय अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय छ। आशाका अनुसार यस्ता सामग्रीमा विदेशीहरूले नै बढी चासो राख्छन्। उनी भन्छिन्, ‘विदेशीले अर्गानिक सामग्रीको महत्व अलि बढी बुझेका हुन्छन्।अहिले हामि युरोप अमेरिका जापान, तथा चीन लगायत देशमा सामान निर्यात गर्छौं ।’ नेपालमै पनि खुद्रामा बिक्री हुने भएकाले सामान ‘सोरुम’मा पनि राखिएको आशाले बताइन्। अहिले प्रत्यक्ष्य अप्रत्यक्ष्य रुपमा गरि दुई हजारलाई रोजगारी दिएका छौ यसलाई रोजगारीको संख्या अझ बढाउने योजना रहेको उनले सुनाईन उनको उद्देश्य बजारमा अझै नयाँ उत्पादन ल्याएर त्यसलाई विश्वमा पुर्‍याउनु रहेको छ। त्यस्तै, हामीहरुले कारागार मा रहेका कैदीहरु लाई पनि हस्तकला सम्बन्धी सीप सिकाउँदै रोजगारी दियको छ। कैदीले बनाएका हस्तकलाका सामग्रीको बजारीकरण पनि गरिदिएका छौ।

 

अन्तर्राष्ट्रिय अवार्ड

उनीले सन् २००३ मा ‘अन्तर्राष्ट्रिय क्वालिटी प्रडक्ट अवार्ड’ प्राप्त गरिन । आशा भन्छिन्, ‘१ सय १६ देशमध्ये नेपालबाट हामीले अन्तर्राष्ट्रिय क्वालिटी प्रडक्ट अवार्ड पायौं ।’ म त्यो बेला स्विट्जरल्यान्डको जेनेभामा आयोजित सो अवार्ड कार्यक्रममा सहभागी हुन सकिन तैपनि, अवार्डबाट नयाँ काम गर्ने हौसला मिलेको आशाले सुनाइन् । ‘काम गरेपछि थुप्रै अवार्ड पाइन्छ। हामीले हिजो राम्रो काम गरेका थियौं र त आज त्यसको प्रतिफल राम्रो भएको छ,’ आशा भन्छिन्, ‘यो अर्वाड हाम्रा लागि ठूलो उपलब्धि हो ।’ त्यस्तै, केही वर्षअघि उनले ‘उत्कृष्ट महिला उद्यमी’को पुरस्कार हात पारेकी थिइन्। उनी भन्छिन्, ‘राम्रो काम गरे पुरस्कार पाइन्छ, तर पुरस्कार पाइयो भनेर फुर्किनुहुँदैन। आफ्नो कामलाई अझ राम्रो बनाउनुपर्छ ।’

 

अहिले नेपालि समाजमा उनको काम को प्रशंसा हुन थालेको छ। ‘शिक्षित व्यक्तिले सानातिना काम गर्नुहुन्न भन्ने सोचले पनि घरेलु उद्योगमा युवाको आकर्षण कम हुदै गएको हो,’ उनी भन्छिन्, ‘सीप सिकेमा अस्ट्रेलिया, अमेरिका जानुपर्दैन।’ विदेशमा गरिने दुःख नेपालमा गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ। स्वदेशी उत्पदानमा लगानी गरेर लाखौं आम्दानी गर्न सकिने आशाको भनाइ छ। अहिले ‘महिलाका लागि धेरै अवसर छन् राज्यले लागनी गरेको छ । आज मात्र पनि ११० औ नारि दिबशको अवसर पारेर नेपाल का प्रथम उपराष्ट्रपति परमानन्द झा बाट सम्मान्नित हुने अवसर मिल्यो। सीप र ज्ञान छ भनेर घरमै नबसौं। आफ्नो सीप देखाउनुहोस्,’ उनी भन्छिन्।

Must View