नागरिक पोष्ट News


नेपालमा ३०/४० जनामा कोरोनाको संक्रमण देखिए नाकाबन्दी हुने, सचेत रहौ, सचेतना फैलायौ

2.6K

विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमण फैलिए नाकाबन्दी हुने चिन्ता व्यक्त गर्न थालिएको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०–४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा। राजेश कुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताए । उनले जथाभावी भीडभाडमा नजान र जानै परे मास्क लगाएर जान, ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटु सम्बन्धी समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै समयसमयमा साबुनपानीले हात धुन आग्रह गरेका छन् ।  हालसम्म पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन । संक्रमण देखिएका व्यक्तिपनि उपचार पछि घर फर्किसकेका छन् ।

Must View