"म" अनि नारी दिवस - गायत्री भट्ट, सन्दर्भ नारी दिवस
"म" छु अनि "म" हरु छौँ
धेरै
जस्लाइ न छुन सक्छ
न सम्बोधन गर्न सक्छ
नारीदिवसले
"म" छु आफ्नै ब्येस्ततामा
अल्झिरहने
एउटा संघर्षमा
अभ्यस्त,आफ्नै बाटो,आफ्नै
दुख
अर्को "म" छु जो प्राकृतिक
प्रकृयाको कारण
पापको डर देखाइ
हर महिना ४ दिन थुनिन
बाध्य छु छाउगोठमा
शरीर मात्रै नभै
बर्षौ देखि मेरो मानसिकता पनि
थुनिदै आइरहेको छ
त्यस्तै, अर्को "म" मेरो
शारीरिक स्वोरुपको कारण
समाजका ब्वासाहरुको
नजरबाट जोगाउन नसकी
ध्वोस्त भएका मेरा कोमल
अङ्गहरु,
उल्टै बिरानो बनिदिन्छ यो
समाज मेरो लागि
अर्को फेरि "म"जो
अन्धबिस्वासको कारण
समाजले बोक्सीको मुकुट
लगाएर हिड्न बाध्य भै
अनेक दुख पिडाको सामना
गर्दै
मृत्युको पर्खाइमा
छटपटाइरहेकी एक अबला
फेरि अर्को छ मेरो रुप,जो
दाइजो नल्याएको निउमा
बिभिन्न यातनामा डुबाइ
आफुलाई
स्वोतन्त्रतालाई बन्दकी
राखी
जिउदै जल्न वाध्य एक
अबला
यस्ता "म" हरु धेरै छौँ जो
आफ्नो अस्तित्वोको रक्षाको
निम्ति
लडाइको मैदानामा आहुती
दिइरहेका
छौँ आफुलाइ अनि आफ्ना
इच्छा चाहानालाइ
मेरो अर्को रुप पनि छ जो
विभिन्न अफ्ठ्याराका
बाबजुत आफ्नै बलबुतामा
खडा गरी आफुलाई
निरन्तरता दिएको छु यो
जिबनलाई
अर्को एउटा भाग्यमानी "म"
छु किनकी
मेरो चाहना प्रगतीमा
उस्को साथ र सहयोग छ
र त नारी पनि आवाज हुन
भनी
नारी दिवस मनाउन
सकेको छु
यसरी थोरै सबल "म" हरुले
धेरै असक्षम अनि विभिन्न
जन्जिरमा फसेका "म"
हरुलाई सम्बोधन
गर्न सकोस,
नारी दिवसको
शु-भकामना