नागरिक पोष्ट News


शिक्षिकको यस्तो हर्कत : परीक्षामा कम नम्बर ल्याएको भन्दै ३४ विद्यार्थीको हात चिर्न लगाइन्

2.2K

परीक्षामा राम्रो कम नम्बर ल्याएको भन्दै शिक्षिकाले नै बिद्यार्थीहरुको हात चिर्न लगाएको घटना सार्वजनिक भएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी हुन् । 

सोसल साइन्स पढाउँदै आएकी  सीतालक्ष्मीले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर  सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए । 

पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ । 

Must View