नागरिक पोष्ट News


प्रधानमन्त्रीलाई जस्तै सबैलाई मिर्गौला प्रत्यारोपणको सुविधा होस्

1.8K

काठमाडौं । राजपाकी सांसद नरमाया ढकालले प्रधानमन्त्री केपी ओलीलाई जस्तै सबै मिर्गौला रोगीलाई मिर्गाैला प्रत्यारोपणको सुविधा प्राप्त होस् भनी कामना गरेकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गरिन् । उनले प्रधानमन्त्रीलाई आफनो मृगौला दिने समिक्षा ज्ञवालीको साहसको पनि उच्च कदर गरेकी छिन् । दुई पटक नै प्रधानमन्त्री ओलीले महिलाहरुबाट मिर्गाैला प्राप्त भएको स्मरण गराउदै अंगदान सम्बन्धी कानूनी जटिलताका कारण कठिनाई भोगिरहेका नागरिकहरुको बारेमा कानूनी जटिलता हट्ने विश्वास लिएको बताइन् । साथै स्वदेशको सरकारी अस्पाताल र स्बदेशी चिकित्सकहरुप्रतिको प्रधानमन्त्रीको विश्वास आगामी दिनमा पनि निरन्तरता रहने र अन्य नेतृत्वले पनि अनुसरण गर्ने वातावरण बन्ने अपेक्षा गरेको पनि बताइन् ।

Must View