नागरिक पोष्ट News


एस बैंक टाट पल्टियो, पैसा निकाल्न सेवाग्राहीहरुको लाइन लाग्यो

1.7K

भारतीयको नम्बर वान बन्न सफल एस बैंक अहिले पारिवारिक किचलोको कारणले डुुब्ने अबस्थामा पुुगेको छ ।

भारतको चौथो ठूलो बैंकको रुपमा रहेको एस बैंकको सञ्जाल भारतभर फैलिएको छ । यसको हेडक्वार्टर मुुम्बइमा रहेको छ । भारतभर यसको १ हजार भन्दा बढी शाखाहरु र १८ सय एटिएम छन् । 

यो बैंकको सुुरुवात सन् २००४ मा राणा कपुुरले आफ्नो नातेदार अशोक कपुुरसँग मिलेर गरेका थिए ।

अशोक कपुुरको मृत्युुपछि उनकी पत्नी मधुु कपुुर र राणा कपुुरबीच बैंकको स्वामित्वलाई लिएर विवाद शुुरु भयो । 

राणा परिवारको यो विवाद अदालतसम्म पुुग्यो ।

बैंकको विवाद चुुलिएपछि भारतको बित्त मन्त्रालयले मार्च ५ देखि अप्रिल ३ सम्मका लागि बैंकको निक्षेपमा रोक लगाएको छ । ग्राहकले झिक्ने पैसामा पनि सीमा तोकिनुुका साथै बैंकको कारोबारमा पनि रोक लगाइएको छ । अर्थ मन्त्रालयले रोक लगाएको समय सिमासम्म बैंकका ग्राहकले ५० हजार भारु भन्दा बढी रकम निकाल्न नसक्ने व्यवस्था गरेको छ ।

Must View