नागरिक पोष्ट News


शर्मिला स्याङ्तान १४ हिमाल चढेर विश्व कीर्तिमान राख्ने अभियानमा, सम्मानस्वरूप एक शेयर गरौ

3.5K

काठमाडौं । काभ्रेपलाञ्‍चोककी शर्मिला लामा स्याङ्तान विश्‍वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने अभियानमा लागेकी छन् ।

उनले सगरमाथा र मनास्लु सफल आरोहण गरिसकेकी छिन्  ।अब १२ वटाको आरोहण गर्नेछिन् । ती हिमालहरु सफल आरोहण गरेमा स्याङ्तानले विश्व किर्तिमान गर्नेछिन् । १४ हिमाल आरोहण सफल भएमा उनी नेपालको पहिलो महिला बन्नेछिन् ।

एउटा हिमाल चढ्न झण्डै २० देखि २२लाख चाहिन्छ, यस हिसाबले १२ वटा हिमाल चढ्न दुई करोड ५० लाख चाहिन्छ शर्मिला लामा स्याङ्तानको यो साहसिक कामलाई ३ करोड नेपालीको साथ र सहयोगको खॉचो छ त्यसैले नेपालीको शान र गौरवलाई विश्वस्तरमा चिनाउनका लागि सबैले शर्मिला लामा स्याङ्तानको यो अभियानलाई सहयोग गरौ, सम्मानस्वरूप एक एक शेयर गरी सबैमाझ पुर्यायौ

सर्वोच्च शिखर सगरमाथा, मनास्लु लगायत आधा दर्जन बढी हिमाल चढिसकेकी स्याङ्तानले यही मार्च अन्तिम सातादेखि अन्‍नपूर्ण हिमालबाट आरोहण थाल्ने योजना सुनाइन् । 

एक दशकदेखि पर्वतारोहण क्षेत्रमा लागेकी स्याङ्तानले हिमाल चढ्नु शोख र व्यवसायमात्रै नभइ महिला सशक्तिकरण र मानव बेचविखन अन्त्यका लागि केन्द्रित गर्ने बताइन् ।

स्याङ्तानको हिमाल आरोहणका लागि आर्थिक संकलनका लागि इन्दिरा घलेको संयोजकत्वमा ‘शर्मिला लामा १४ हिमाल आरोहरण अभियान सहयोग समिति’ बनाइएको छ । समिति सचिवमा डीबी तामाङ, कोषाध्यक्षमा राजेश्वरी श्रेष्ठ छन् । 

 

Must View