कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा !कोरोनाबाट बच्ने मात्रै एउटा उपाय छ,पढ्नुहोस्
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो | अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन | स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो | कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ |
२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन |
३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन | बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ | बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ |
४. कोरोना सर्दैमा मृत्यु हुँदैन | धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ | १०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ |
५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन | यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ | जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ |
६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन | सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ |
७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन |
८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन |
९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन | त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै |
१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन | यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ |
११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन |
१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन |
१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन |
१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो |
१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन |
कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ? यस्तो छ विज्ञको सुझाव
विश्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड१९)को अति जोखिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।
१.पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।
२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।
३. घाममा बसौं ।
४. नियमित अनुलोम / विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक प’दा’र्थको सेवन नगरौं ।
६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९. पर्याप्त मात्रामा सुतौं ।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२. दिल खोलेर हाँस्ने गरौँ ।
१३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५ . सरसफाइमा अल्छी नगरौं ।
यो पनि पढ्नुहोस
कोरोना संक्रमणबाट बच्ने यो मात्रै एउटा उपाय छ
डा. रविन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ
– सबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् ।
– कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ।
– कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ । यसको मृत्यु डर १- २ % मात्र छ ।
– यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ ।
– यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।
– कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन्।
– कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ।
– हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ ।
– हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ | मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि ।
– कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।
कोरोना संक्रमण कसलाई छ जोखिम ? सक्दो शेयर, प्रकाशन , प्रसारण गरौँ !
– चीनबाट फर्केका बिद्यार्थी, ब्यबसायी तथा उनीहरुको परिवार / छिमेकी ।
– पर्यटक बस्ने होटेल, रेस्टुरेन्ट, क्यासिनो तथा उनीहरुले प्रयोग गरेका सवारी साधनसंग सम्बन्धित।
– पर्यटकीय क्षेत्रमा काम तथा ब्यबसाय गर्नेहरु ।
– बिरामी जाँच्ने चिकित्सक, ल्याबमा काम गर्ने तथा अन्य स्वास्थ्यकर्मीहरु ।
– कुकुर, बिराला, कुखुरा, परेवा लगायतका पशुपंक्षी पाल्ने तथा संगै रहने व्यक्तिहरु ।
– मासु काट्ने, पकाउने, काँचै खाने व्यक्तिहरु ।
– हात नधोइ खाना खाने व्यक्तिहरु ।
– प्रत्येक पटक हात नधोइ बारम्बार सुर्ती खाने व्यक्तिहरु ।
– बालबालिका, बुढाबुढी, गर्भवती, सुत्केरी, दीर्घ बिरामी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु।
– सार्वजनिक यातायात, सपिंग मल, फ्लिम हल, विमानस्थल, अस्पताल, बिद्यालय / कलेज लगायत भीड हुने स्थानमा रहने व्यक्तिहरु ।
– हात नधोइ मुख, आँखा, नाक, कानमा छुने बानी परेका व्यक्तिहरु ।
– भीडभाडमा हिंड्दा सहि तरिकाले गुणस्तरीय मास्क ( N 95 ) प्रयोग नगर्नेहरु ।
– भेट हुँदा हात मिलाउने, हग गर्ने, चुम्बन गर्ने बानी भएका व्यक्तिहरु , आदि ।