नागरिक पोष्ट News


कोरोनाबाट काठमाण्डौ सुरक्षित राख्न एक महिना सार्वजनिक बिदा दिनुपर्ने चिकित्सकको सुझाव

4.9K

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को जोखिम नेपालमा उच्च रहेको विश्व स्वास्थ्य संघले भनेको छ ।  यही कुरालाई मध्यनजर गरेर चिकित्सकहरुले एक महिना सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेका छन् । चिकित्सकहरुले सार्वजनिक बिदा दिएका खण्डमा विद्यालय, कलेजमा पढ्ने विद्यार्थी तथा कर्मचारी, कार्यलयमा कार्यरत कर्मचारी लगायत आ आफ्नो घर जाने भएकाले काठमाण्डौ सुरक्षित राख्न सकिने भन्दै सरकार समक्ष सार्वजनिक बिदाको लागि आग्रह गरेको बताइएको छ । शुरूमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारी पक्षको छ । त्यसयता कोरोनाको आशंकामा अस्पताल भर्ना भएकाहरूलाई कोरोनाको संक्रमण नपाइएको बताइएको छ । यसैबिच, शिक्षा मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन र सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न मन्त्रालयले निर्देशन पनि दिएको छ।

Must View