नागरिक पोष्ट News


अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कनू, कहाँ कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन

2.6K

कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै स्थानीय प्रशासनले काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

‘अब यहाँ (काठमाडौं) पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभा/समारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन घरबाहिर ननिस्किने।’

 होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको उनले बताए। 

Must View