सनातन हिन्दु धर्मका अद्भुत रहस्यहरू यस्ता छन्
सनातन हिन्दु धर्म ,संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव जातिले कहिल्यै जान्ने छैन।
ऋषि कश्यप र उनका पत्नीहरूका पुत्रहरूकाे रहस्य
कश्यप ऋषिका कयाैँ पत्निहरू थिए तर तिनीहरूमध्ये प्रमुख रूपले 17 वटीकाे नाम हामी उल्लेख गर्न चाहन्छाैँ हम उल्लेख – १. अदिति, २. दिति, ३. दनु, ४. काष्ठा, ५. अरिष्टा, ६. सुरसा, ७. इला, ८. मुनि, ९. क्रोधवशा, १०. ताम्रा, ११. सुरभि, १२. सुरसा, १३. तिमि, १४. विनीता, १५. कद्रू, १६. पतांगी र १७. यामिनी आदि।
उड़्ने र इच्छाधारी नाग१०० वर्षभन्दा लामाे अायु हुँदाहुँदै पनि सर्पमा उड्ने शक्ति हुने गर्छ। सर्प कयाैँ प्रकारका हुन्छन्- मणिधारी, इच्छाधारी, उड्ने, एकफणा भएका देखि लिएर दसफणासम्म भएका सर्प, जसलार्इ शेषनाग भनिन्छ
कल्पवृक्ष अहिले पनि पाइन्छ त ?वेद र पुराणहरूमा कल्पवृक्षकाे उल्लेख गरिएकाे छ। कल्पवृक्ष स्वर्गकाे एक विशेष वृक्ष हाे। पौराणिक धर्मग्रन्थहरू र हिन्दू मान्यताहरूका अनुसार के मानिन्छ भने यस वृक्षकाे मुनि बसेर व्यक्ति जे पनि इच्छा गर्दछ, त्याे इचछा पूर्ण हुन जान्छ ।
के कामधेनु गार्इ हुन्छ त ?कामधेनु गार्इकाे उत्पत्ति पनि समुद्र मन्थनबाटै भएकाे थियाे । याे एक चमत्कारी गार्इ हुने गर्थ्याे जसकाे दर्शन मात्रैले पनि सबै प्रकारका दु:ख-दर्द दूर हुन जान्थ्याे। दैवीय शक्तिहरूबाट सम्पन्न याे गार्इ जसकाे साथमा हुन्थ्याे उसलार्इ चमत्कारिक लाभ मिल्दथ्याे। यस गार्इकाे दूध अमृत समान मानिन्थ्याे।
३३ कोटि देवताहिन्दू धर्मअनुसार गार्इमा ३३ कोटि देवी-देवता निवास गर्छन्। कोटिकाे अर्थ ‘करोड’ हाेइन, ‘प्रकार’ हो। यसकाे तात्पर्य गार्इमा ३३ प्रकारका देवता निवास गर्दछन्। यी देवता यस प्रकार छन्- १२ आदित्य, ८ वसु, ११ रुद्र र २ अश्विन कुमार। यी सबै मिलाएर कुल ३३ हुन्छन्।
पञ्चगव्यपञ्चगव्य कतिपय रोगहरूमा लाभदायक हुन्छ। पञ्चगव्यकाे निर्माण गार्इकाे दूध, दही, घिउ, मूत्र, गोबरबाट गरिन्छ। पञ्चगव्यकाे सेवनले शरीरकाे रोग निरोधक क्षमतालार्इ बढाएर रोगहरूलार्इ दूर गरिन्छ।
अमृत कलश :समुद्र मन्थनका क्रममा के कुनै यस्ताे रस निस्केकाे थियाे जसलार्इ पिएर देवताहरूले अमरत्व प्राप्त गरेका थिए
सुदर्शन चक्र ?के भनिन्छ भने सुदर्शन चक्र एक यस्ताे अचूक अस्त्र थियाे जसलार्इ छोडेपछि याे लक्ष्यलार्इ पछ्याउँथ्याे र उसकाे काम तमाम गरेर मात्र पुनः छोडिएकाे स्थानमा आउँदथ्याे। यस चक्र भगवान विष्णुकाे तर्जनी अंगुली वा चाेरी अाैँलामा घुमिरहेकाे बताइन्छ। सबभन्दा पहिले याे चक्र उनीसँग थियाे ।
सिन्धु, सरस्वती, गंगा, नर्मदा र ब्रह्मपुत्रउक्त ५ नदीहरूलार्इ भारत र विशेष गरी हिन्दू धर्ममा असाध्यै महत्वपूर्ण मानिन्छ। उक्त पाँच नदीहरूकाे जल एक-अर्काका भन्दा अलग छन् तर तिनीहरूमध्ये नर्मदा नदीलार्इ छोडेर बाँकी नदीहरू हिमालयकाे एकै स्थानबाट निस्कन्छन्।
रावणका दस शिर थिए?साँच्चै भन्ने हाे भने काेही कसैकाे ३, ४ वा १० शिर हुनु भनेकाे अाफैँमा एक रहस्यमय कुरा हाे। भगवान दत्तात्रयका ३, ब्रह्माजीका ४ र रावणका १० शिर थिए। ‘रावण’… दुनियाँमा यस नामकाे अर्काे कुनै व्यक्ति छैन। राम त धेरै पाइन्छन् तर रावण एक मात्र भेटिन्छ।