नागरिक पोष्ट News


चीनमा कोरोना भाइरस नियन्त्रण हुदै: पछिल्लाे घण्टामा कसैकाे पनि ज्यान गएन

1.9K

 कोभिड १९ अर्थात् कोरोना भाइरसको उद्गमस्थल चीनमा गएकाे २४ घण्टामा कसैकाे पनि ज्यान गएकाे छैन । पछिल्लाे २४ घण्टामा १२ जना नयाँ बिरामी थपिएका छन् । 

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घटे पनि विश्वका अरु देशमा सङ्क्रमितसँगै ज्यान गुुमाउनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप ५२ जनाको ज्यान गएको छ भने दुई हजार एक सय ५९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

५१ हजार चार सय ४९ जना उपचारपछि घर फर्किएका छन् । ९५ हजार एक सय ८० जनामा सङ्क्रमण देखिइसकेकाे छ । अहिलेसम्म तीन हजार दुई सय ५४ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८४ देशमा फैलिएको छ । 

Must View