नागरिक पोष्ट News


प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, होस खुल्यो, मृगौलाले पनि काम गर्न थाल्यो !

2.4K

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ।

प्रत्यारोपण गरिएको मिर्गौलाले प्रधानमन्त्रीको शरीरमा काम गरिरहेको चिकित्सकहरुले बताएका छन्। प्रत्यारोपण गरिएको १५ मिनेटपछि उक्त मिर्गौलाबाट ५ सय एमएल पिसाब पास भएको थियो।

प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।

Must View