सुनको भाउ : तोलाको ८० हजार ५ सय रुपैयाँ, एकैदिन तोलाकै २२ सय रुपैयाँ बढ्याे
2.3K
सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेको हो । यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।