कोरोनाको त्रास : विदेश भ्रमण र अध्ययनमा नजान, सरकारको अपील
1.6K
सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।
सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपील गरेको छ । दक्षिण कोरियामा इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ ।
मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन । तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपील गरेको छ ।