कोरोनाले आधा विश्व त्रस्त : नेपाल पनि जोखिममा, सभा र भोजभतेर नगर्न सरकारको आह्वान
2.4K
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्रको सूचिमा राखेको छ । यो सँगै नेपाल सरकारले आवश्यक पूर्व तयारी गरेको छ। भ्रमण वर्ष २०२० लाई पनि सरकारले स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सरकारको तर्फबाट नागरिकहरुलाई ठूला सभा सम्मेलन तथा भोजभतेर नगर्न आह्वान गरेका छन् । सभा, सम्मेलन, भोजभतेर तथा धेरै मानिस जम्मा हुने क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिने भएका कारण सरकारले यस्तो आह्वान गरेको हो । पछिल्लो समय कोरोना भाइरसका कारण आधा विश्व त्रस्त बनिसकेको छ । चीनमा कोरोनाको प्रभाव कम हुँदै जाँदा त्यसले नेपालीहरु वैदेशिक रोजगारीमा गएका खाडी मुलुक, कोरिया, जापान तथा नेपालको छिमेकी भारतमा समेत भयावह रुप लिन थालेको छ ।