भ्रमण वर्ष २०२० स्थगित: सन् २०२२ लाई भ्रमण वर्षको रुपमा मनाउनुपर्ने प्रस्ताव
1.8K
कोरोना भाइरसको संभावित प्रकोपलाई ध्यान दिंदै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संभावित प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गरी सन् २०२२ लाई भ्रमण वर्षको रुपमा मनाउनुपर्ने प्रस्ताव गरेका थिए ।