नागरिक पोष्ट News


ताराको उदारणीय बिहे : जँहा कुनै गरगहना बिनै बिहे गरिन् !

3.4K

एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।

विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्वशिक्षकसमेत रहेका गौतमले जानकारी दिनुभयो । शर्मा युवासङ्घको नेतृ हुनुहुन्छ । 

सो विद्यालयको ६४औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा कोषबाट वार्षिक छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ११ , माध्यामिक शिक्षा परीक्षा (एसइई) का परीक्षामा सर्वाेत्कृष्ट जीपीए हासिल गर्ने तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्वप्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । 

Must View