खुसी अरुले ल्याइदिने होइन, आफ्नो खुसी आफै खोज्ने हो
खुसीलाई कसरी परिभाषित गर्नुहुन्छ ? खुसी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । चाहना र खुसी जोडिएको छ । हामी कस्तो हुन चाहन्छौँ भन्ने कुराले हाम्रो खुसी निर्देशित हुन्छ । त्यसकारण खुसी भनेको एक प्रकारको दृष्टिकोण हो । जसले आफूलाई सन्तुष्ट लाग्ने कुराहरु खोज्न अभिप्ररित गर्दछ । खुसी र दृष्टिकोण एकआपसमा जोडिएको छ । दृष्टिकोणले खुसी दिने हो । खुसी एउटा यस्तो दृष्टिकोण हो जसले हामीलाई सन्तुष्ट दिन्छ ।
खुसी सकारात्मक मात्र हुन्छ कि नकारात्मक पनि हुन्छ ?
हामीभित्र दुई प्रकारको दिमाग छ । अर्धचेतन दिमाग र चेतनशील दिमाग । चेतनशील दिमागले प्रत्यक्ष कुराहरु देख्छ । त्यसले सही र गलत छुट्याँउछ । अर्धचेतन दिमागले सही र गलत छुट्याउँदैन । उसको लागि सही र गलत एउटै कुरा हुन्छ । गरिब भनेपछि उसले गरिबको चित्र आफ्नो दिमागमा राख्छ । मान्छेलाई गरिब हुनुका कारण खोज्न अभिप्रेरित गर्दछ । किनभने हामीभित्र दुई प्रकारको दिमाग छ । अर्धचेतन दिमाग र चेतनशील दिमाग ।
एउटा व्यक्तिले अर्कौ व्यक्तिलाई सफल व्यक्तिको रुपमा देख्न थाल्दछ, त्यहाँ वातावरण नै अर्कै हुन्छ । तपाईंले मलाई सफल देख्न, मैले तपाईलाई खुसीको बारेमा कुरा गर्न चाहन्छु । तपाई मेरो खुसीको बारेमा कुरा गर्न चाहनुहुन्छ । खुसी एक अर्काबाट बढ्छ ।
तर मानिसहरु सुखको कुराभन्दा पनि बढी किन दुःखका कुरा मात्र चासो चिन्ता राख्ने र त्यस्तै कुराहरुको चाहिँ बढी खोजीनीति गर्ने गर्छन् त ?
हाम्रो संस्कार त्यस्तै छ । हामी हामी त्यही परिवेशबाट आएको हो । त्यसरी नै हामीलाई सिकाइएको थियो । जुन गलत थियो । जुन हामीलाई समाजले दिइएको ज्ञान छ, त्यो खुसी प्रवद्र्धन गर्ने खालको छैन ।
हामीले जे जे कुरा सिक्दै गयौँ, हामीले जुन जुन कुरामा विश्वास गर्छौं, त्यो सामाजिक यथार्थता हो । त्यस अर्थमा हामीले सामाजिक यथार्थलाई आफैले निर्माण गरिरहेका हुन्छौँ । हामी जति नकारात्मक कुरामा ध्यान दिन्छौँ, त्यो सामाजिक यथार्थता बनेर जान्छ ।
मानिसहरुमा जरो गाडेर बसेको नकारात्मक चिन्तनप्रवृत्तिलाई सकारात्मकतामा बदल्ने कसरी ?
कुनै पनि अवस्थामा केही कुरा चलायमान छन् भने त्यहाँ दुई कुरा विद्यमान हुन्छन्स् सकारात्मक तत्त्व र नकारात्मक तत्व । हामीले सकारात्मक त्तत्व के हो भनेर खोज्न थाल्यौँ भने हामी खुसी हुन्छौँ । हामी सकारात्मक पनि हुन्छौं । त्यही अवस्थामा के नकारात्मक छ भनेर खोज्यौं भने हामी नकारात्मक हुन्छौँ ।