नागरिक पोष्ट News


मौसमी तथा बेमौसमी काँक्रो खेती बारे सम्पूर्ण जानकारी, जानिराखाैँ

2.5K

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो । यो कुकुरविटासी परिवारमा पर्दछ । काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ । अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन । यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ ।काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ । मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ । यो धेरै जातका हुन्छन् ।

तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०-६५ दिन भित्र फल्दछ । काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ ।काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन् । पातको फेदबाट त्यान्द्राहरू निस्कन्छन् । यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन् । यसलाई राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ । साथै काँक्रोको पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ ।

काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ । यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ । यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ ।प्रति रोपनी जमीनबाट काँक्रोको उत्पादन कति सम्म लिन सकिएला ?जात, मौसम तथा खेती व्यवस्थापनका आधारमा प्रति रोपनी १०००–२५०० के.जी. कलिला काँक्रा फल उत्पादन गर्न सकिन्छ ।

काँक्रोको खेतवारीमा गोडमेल गर्न जादा हाम्रो अनुहार, आँखा, कान, जीउमा साना कीरा फट्फट गरिरहेका हुन्छन् ती कीराको नाम के हो ? यिनीहरुको व्यवस्थापन विधी के अपनाउन सकिन्छ?उफ्रने खपटेको सँख्या काँक्रो वालीमा बढी भयो यस्तो अनुभव हुन्छ । यी खपटेहरुका रोकथाम गर्न वायोजाम १ ग्राम प्रति लिटर वा एन पि भि १ मि.लि प्रति लिटर पानीमा मिसाई छर्नुपर्दछ ।हामीले उत्पादन गरेका काँक्रोका फलहरु कहिले काँही तिता–तिता हुन्छन् कारण के होला ?

काँक्रो फलमा कुकुरविटासिन (Cucurbitacin) नामक तत्वका कारण तितोपन आउँदछ ।कहिले काही जाडो याममा प्लाष्टिक घरभित्र पनि राम्रो उत्पादन लिन सकिन्न, यसको राम्रो उत्पादनको लागि के के उपायहरु अवलम्बन गर्न सकिन्छ ?जाडो याममा प्लाष्टिक घर भित्र पनि राम्रो उत्पादन लिन सकिन्न किनकी काँक्रो खेतीलाई चाहिने तापक्रम पुग्दैन अतः तापक्रम वृद्धि गर्नुका साथसाथै जाडो सहन सक्ने जातहरु तथा अन्य उपाएहरु अवलम्वन गर्न सकिन्छ ।

Must View